Websoft University

देविस्थान सामुदायिक वन क्षेत्रमा काँचो सखुवाको काठ अवैध रुपमा कटान कटान गरिदै |


श्याम राई÷उदयपुर, गाईघाट, ५ बैशाख | रातो तारा डट कम,उदयपुरको चौढण्डीगढी नगरपालिका–९ हडियास्थीत देविस्थान सामुदायिक वन क्षेत्रमा काँचो सखुवाको काठ अवैध रुपमा कटान गरिएको छ ।

हडियादेखि साजवोटे, डुङगाहुदै लालभित्ता सम्म जोड्ने कच्चि सडक आसपासको क्षेत्रमा हरिया सखुवाको रुखहरु कटान गरिएको छ । रुख काट्ने व्यक्तिहरुको पहिचान खुल्न नसकेपनि काठ तश्करहरुले तश्करीको लागि रुख कटान गरेको जिल्ला वन अधिकृत ईन्द्र सापकोटाले बताए ।

झण्डै २ सय सेफती बराबरको ४ वटा सखुवाको काँचो रुख कटान गरिएको उनले बताए ।

वन कार्यालयले लकडी कटानको घटनाको छानविन गरिरहेको र उपभोक्ता समूहलाई सक्रिय भएर वन गस्ती गर्न निर्देशन दिएको सहायक वन अधिकृत जागेश्वर साहले बताए ।

उदयपुरको सामुदायिक वनमा लामो समयपछि पुःन काठ तश्करी घटना शुरु हुन थालेको छ । केही दिन अघि पनि त्रियुगा नगरपालिकाको दमौटीस्थीत एक सामुदायिक वनमा उपभोक्ता समूहको अध्यक्षको संलग्नतामा अवैध रुपमा काठ कटान गरिएको थियो । कटानमा संलग्न ति अध्यक्षलाई पक्राऊगरि वन कार्यालयले मुद्धा चलाएको छ ।

 


 

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.