Websoft University

एम्बुलेन्स समयमा मर्मत संभार नगरिदा उदयपुरको उदयपुरगढी गाउँपालिकाको वासिन्दाहरु एम्बुलेन्स सेवा लिनबाट जनता बंचित


श्याम राई÷उदयपुर- गाईघाट, २२ चैत| रातो तारा डट कम, विग्रिएको एम्बुलेन्स समयमा मर्मत संभार नगरिदा उदयपुरको उदयपुरगढी गाउँपालिकाको वासिन्दाहरु एम्बुलेन्स सेवा लिनबाट बंचित हुनुपरेको छ ।

ग्रामिण भेगका जनतालाई सहज रुपमा सेवा दिने उदेश्यले गाउँपालिकाले २०७५÷०७६ आर्थिक वर्षमा एकै पटक ४ वटा एम्बुलेन्स भंसार छुटमा ल्याएर संचालनमा ल्याएको थियो । गाउँपालिकाले ति एम्बुलेन्स संचालनको लागि वडा न.ं १, ३, ४ र ५ को स्वास्थ्य चौकीलाई जिम्मेवारी दिएको भएपनि स्वास्थ्य चौकीबाट समय, समयमा मर्मत संभार नगरिदा अहिले चारै वटा एम्बुलेन्स विग्रीएर थन्किएको छ ।

संंचालनमा आएको दुई वर्षपछि नै विभिन्न कारणले एम्बुलेन्स विग्रीएर थन्किएको स्थानीय भिम आले मगरले बताए ।‘ एउटा एम्बुलेन्स दुर्घटनापछि बन्द रहेको र अरु तिन वटा चाहि चालकको लापरवाही गरि विगारेको उनले बताए । मर्मत संभार आफै गर्ने गरि वडालाई हस्तान्तरण गरिएको गाउँपालिकाका प्रशासन प्रमुख गुणराज श्रेष्ठले बताए । उनले कुनै वडाले पनि मर्मत संभार नगरी एम्बुलेन्स त्यतिकै थन्काएकोले संचालन गर्न नसकिएको बताए । ‘ अब गाउँपालिकाले आफै संचालन गर्ने तयारी गरिरहेको उनले बताए ।’ विग्रीएको सबै एम्बुलेन्स मर्मत गर्न लागिएको उनले बताए ।

स्थानीय वासिन्दालाई छिटो र सहज रुपमा सेवा उपलब्ध गराउने उदेश्यले एम्बुलेन्स सेवा संचालनमा नआउदा स्थानीय महङगो शुल्क तिरेर गाईघाटबाट एम्बुलेन्स सेवा लिन वाध्य भएकाछन् ।

 

 


 

 

 

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.