Websoft University

धार्मिक तथा पर्यटकीय स्थलको प्रवद्र्धन गर्ने उद्धेश्यले नयाँ वर्ष २०८० को अवसरमा साँगीतिक कार्यक्रम सम्पन्न

 


दमक,बैशाख ३ गते | दक्षिणी इलामको माङसेबुङ क्षेत्रमा रहेको धार्मिक तथा पर्यटकीय स्थलको प्रवद्र्धन गर्ने उद्धेश्यले नयाँ वर्ष २०८० को अवसरमा साँगीतिक कार्यक्रम सम्पन्न गरेको छ । 

माङसेबुङ गाउँपालिकाको सहयोगमा  माङमालुङ कृषि तथा पर्यटन महोत्सव आयोजक समितिले बैशाख १ र २ गते माङमालुङ चिया बगान परिसरमा साँगीतिक कार्यक्रम सम्पन्न गरेको हो । लोकप्रिय गायिका मेलिना राईले आफनो साँगीतिक प्रस्तुती दिएर दर्शकलाई मनोरञ्जन दिएकी थिइन । सहभागी युवा ,किशोर ,वयस्क र बृद्धहरु पनि गायिका राईको गायनसंगै नाच्ने रमाउने गरेको आयोजक संस्थाका अध्यक्ष किरण राईले बताउनु भयो । 

कलाकार ताराप्रकाश लिम्वू र रुक्सना लिम्वू लगायतले आफनो प्रस्तुती दिएर माहौल तताएका थिए । स्थानिय कलाकार कल्पना बान्नु राई लगायतका राष्ट्रिय तथा स्थानिय कलाकारहरुले बेजोड प्रस्तुती दिएका थिए । कार्यक्रममा राई समुदायको आफनै भेषभुषामा सजिएका कलाकारहरुले साकेला नृत्य र लिम्वू समुदायको च्याब्रम नाच समेत प्रस्तुत गरेको छ ।

 कार्यक्रम सहभागी दर्शकहरुले माङमालुङमा रहेको एक औलाले हल्लिने एक टन वरावरको पत्थर चक्र शिला ,ज्योति नन्दको मन्दिरको दर्शन,माङमालुङ चिया वगानको अवलोकन गरेको माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले बताउनु भयो । 

यहाँको धार्मिक तथा जैविक पर्यावरणलाई जोगाउर्दै कृषिलाई पर्यटन प्रवद्र्धनसंग जोड्दै क्रमागत रुपमा गा.पा.ले बिकास गदै लैजाने अध्यक्ष राईले भन्नुभयो । चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले महागुरु फागुनन्द र ज्योति नन्दको धार्मिक तिर्थ स्थल रहेको ठाउँ र यहाँ फलेको कृषि उपज झापामा लगेर बिक्री गर्न सकिने बताउनु भयो । 

फाफोक थुम गा.पा.अध्यक्ष दिपेन्द्र खनालले यो क्षेत्र पर्यटनको गन्तब्य बन्ने धेरै सम्भावना भएको हुदा छिमेकी पालिकाहरुले मिलेर साझेदारीमा पर्यटन प्रर्वद्धनको कार्यक्रम गर्ने बताउनु भयो । फोनिजका केन्द्रीय महासचिव मिलन लिम्वूले आफू पनि यही जन्मी हुर्केको ब्यक्ति भएकोले यहाँको पर्यटन बिकासमा आफनो ठाउँवाट सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको माङसेबुङ गाउँपालिकाको कार्यपालिका सदस्य तथा प्रवक्ता सुशन राईले बताउनु भयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.