Websoft University

आन्तरीक पर्यटन प्रर्वद्धन गर्न चन्डीपूर्णिमा मेलाको तयारी गर्दै पोखरी बजार


मोहन कुमार राई ÷ चैत्र २८ गते | संखुवासभा, चैनपुर नगरपालिका स्थित पोखरी बजारमा हरेक वर्ष लाग्दै आएको  चण्डीपूर्णिमा मेला यस वर्ष पनि आन्तरीक पर्यटन प्रर्वधन गर्ने उद्देश्यका साथ मेला कार्यक्रमको तयारीमा जुटेको छ ।

आइतवार नवयुग युथ क्लव पोखरीले २५६७औं बुद्धजयन्ती एवं चण्डिपूर्णिमा मेला अवसर पारेर नृत्य प्रतियोगिता, जिल्ला भरीका डबल व्याडमिण्टन प्रतियोगिता र खुल्ला पुरुष भलिवलको आयोजना समेत गरेको क्लवका अध्यक्ष मनोज योन्जनले जानकारी दिनुभयो । 

लिगकम नकआउट खुल्ला भलिवल प्रतियोगितामा प्रथम पुरस्कार १ लाख ११ हजार १ सय ११ रुपया र ३२ तोला चाँदीको रनिङ्ग सिल्ड, मेडल तथा प्रमाणपतहरु, द्वितीय पुरस्कार ६६ हजार ६ सय ६६ रुपैया र  सेमिफाइनलिस्ट दुवैलाई २०÷२० हजार रुपैया साथमा मेडल तथा प्रमाणपत्र रहेको आयोजकले जनाएको छ । यसै गरी डबल व्याडमिन्टन तर्फ प्रथम पुरस्कार ८ हजार, द्धितीय तथा सेमीफाइनलिस्टहरुलाई ४÷४ हजार रुपैया साथमा मेडल, प्रमाणपत्र र पुरस्कारको व्वस्था गरिएको समेत जनाएको छ ।

 नृत्य तर्फ प्रथम पुरस्कार १० हजार, द्वितीय पुरस्कार ८ हजार रहेको समेत मेला आयोजकले जनाएको छ । मेलामा प्रदर्शन गरिने झाकीहरुलाई समेत प्रोत्साहित गरिने आयोजना स्थलमा गरिएको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको थियो ।

वर्षौदेखि लाग्दै आएको चण्डिपूर्णिमा मेला यो वर्ष आन्तरीक पर्यटन पर्वधन गर्ने उद्देश्यकासाथ अलि फरक किसिमले मेलाको आयोजना गरिएको क्लवका सचिव मोहन खत्रीले वताउनुभयो । मेलामा बौधधर्मवलम्बी एवं विभिन्न जातजातीको साँस्कृतिक झाकीहरुको ¥याली प्रदर्शनी गरिने समेत जनाएको छ ।

वैशाख १८ गते देखि २२ गते सम्म सञ्चालन हुने उक्त मेलामा खेलकुद,धार्मिक , साँस्कृतिक प्रदर्शनी, स्थानीय स्थतरमा उत्पादीत वस्तुहरुको प्रर्दशनी गर्दै मेलामा बढी पर्यटक भित्रयाउने उद्देश्य रहेको क्लवका सचिव खत्रीले वताउनुभयो । मेलामा राष्ट्रिय कलाकार मेलिना राई तथा स्थानीय कलाकारहरुको वेजोड प्रस्तुती रहने मेला आयोजकले जनाएको छ ।

शान्तिका अग्रदुत महामानव गौतमबुद्धको जन्म दिननको अवसरमा वैशाख पूर्णिमाको दिन  पोखरीको साँङ्गछ्योलिङ गुम्बामा लामागुरुहरुबाट प्राथना, पाठपूजा, १०८ दीप प्रज्वलन गरी त्रिपिटक सहित शान्ति ¥याली हुने  स्थानीय दलकुमार तामाङले वताउनुभयो । चण्डिपूर्णिमा मेलालाई सझनुहुँदै मेलामा पहिला पहिला युवायुवतीहरु वीच दुई दिन सम्म दोहरी भाका गाउने, लिम्बू संस्कृती धान नाच लोप हुँदै गएको  स्थानीय व्पारी दलकुमार तामाङ स्मरण गर्नुहुन्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.