Websoft University

बिराटराजाकोदरबार क्षेत्रको भ्रमण सम्पन्न


 बिराटनगर | बिराटनगर जेसीजले आफ्नो सम्पदा संरक्षण तथा अवलोकन र प्रबर्द्धन अभियान अन्तर्गत बिराटराजाकोदरबार क्षेत्रको भ्रमण सम्पन्न गरेको छ । 

पर्यटनको माध्यम बाट आफ्नो तर्फबाट गर्न सकिने कार्यहरु बारे जानकारी प्राप्त गर्न अवलोकन भ्रमण गरिएको अध्यक्ष अभिनास थापाले जानकारी दिए । 

बिराटनगरमा अवस्थित बिराट राजाको दरबार संरक्षणका लागि आफ्नो जीवन ब्यतित गरेका संरक्षणकर्मी कमल किशोर यादबको घरमा रहेको प्राचीन सभ्यता बोकेको सामाग्रीहरुको अवलोकन गर्दै उहाँ बाट जानकारी लिएको  थियो । 

भग्नावशेष रहेको भेडियारीमा केही समय अघि  निर्मित सङ्ग्रालयको भवन निर्माण सम्पन्न भए पश्चात् नेपाली सेनाद्वारा महानगरलाई हस्तान्तरण गरिएको थियो । 

कार्यक्रम संयोजक अभिषेक भट्टराईले बिराटनगर जेसीज परिवारको भ्रमण पश्चात् आगामी दिनमा देशभरीका जेसीज सदस्यहरुलाइ समेत भ्रमण गर्न अभिप्रेरित गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए । 

भ्रमण पश्चात् भिडियो निर्माण गरेर पर्यटन प्रबर्द्धन गर्नका लागि गर्न सकिने कार्यका बारेमा प्रतिबेदन तयार गर्दै सम्बन्धित निकायमा प्रस्तुत गरिने बिराटनगर जेसीजले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.