Websoft University

सहकारी संस्थाले रकम ठगी गरेको आरोपमा ३ जना पक्राउ


बिराटनगर, २०७९ फागुन २९ गते । सहकारी संचालन गरी ठुलो रकम ठगी गरेको आरोपमा बिराटनगरको तुलसी (बहुमुखी)  बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका क्षेत्रिय प्रबन्धक सहित ३ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।

 पक्राउ पर्नेहरुमा मोरङको, उर्लाबारी नगरपालिका-६ घर भई संस्थाको उपाध्यक्षको जिम्मेवारीमा रहेकी अनिता गौतम, झापाको भद्रपुर नगरपालिका-१४ घर भई विराटनगर महानगरपालिका-३ बस्ने सहकारी संस्थाको सचिवको जिम्मेवारीमा रहेकी सविना न्यौपाने र विराटनगर महानगरपालिका-२ का संस्थाका क्षेत्रीय प्रबन्धकको रुपमा कार्यरत मन्दिप खवास रहेका छन् । 

नेपाल भरी कार्यक्षेत्र रहने गरी २०५२ सालमा स्थापना भएको उक्त संस्थाको मुख्य कार्यालय बिराटनगर-२ मा रहेको र यही फागुन १ गते देखि सेयर सदस्यहरुलाई कुनै जानकारी नदिई कार्यालय बन्द गरी ठगी गरेको भनि सेयर सदस्यहरुले दिएको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले तीन जनालाई पक्राउ गरेको हो । 

उक्त संस्थाले बाल बचत/ज्येष्ठ नागरिक बचत/भविष्य सुनिश्चित बचत/ सुपर पेन्सन बचत/ अवधि बचत/ कर्मचारी चल्ती बचत/विशेष बचत/ साधारण बचत लगायत खाताहरूमा बचत गर्दा तथा संस्थाको शेयर सदस्य हुँदा १५ प्रतिशत भन्दा बढी व्याज, बोनस लगायतका आकर्षक आर्थिक सुविधा पाउने आश्वासन र प्रलोभनमा पारी बचत गर्न लगाएको र आफ्नो तथा बालबच्चा सहित परिवारका अन्य सदस्यहरूको सुरक्षित भविष्यको आशामा बचतकर्ताहरूले ठुलो रकम बचत गर्दै आएकोमा फागुन १ गते देखि कार्यालय बन्द गरी सञ्चालक समितिका सबै पदाधिकारीहरू सम्पर्क विहीन भएका थिए । सञ्चालकहरु नै फरार भए पश्चात आफूहरु ठगीमा परेको थाहा पाई फागुन २८ गते केही बचत कर्ताहरुले १२ करोड  ९ लाख ४ हजार ४ सय ८७  रूपैया बराबरको रकम ठगी भएको भनि संस्थामा कार्यरत ८ जनाको  बिरुद्धमा जाहेरी दिएको र सोही जाहेरीको आधारमा ३ जनालाई पक्राउ गरिएको तथा अन्य ५ जनाको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.