Websoft University

मिल्स गोल्डकप-सिराहाको प्रतिभा फुटबल क्लब सेमिफाइनलमा


विराटनगर । साविक बिजेता  प्रतिभा फुटबल  क्लब गोलबजार सिराहा विराटनगरमा जारी तेस्रो  संस्करणको मिल्स गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।

 मिल्स गोल्डकप फुटब ट्रष्टको आयोजनामा विराटनगर जुटमिलको खेलमैदानमा आइतबार भएको खेलमा द सेभेन युथ क्लब धनकुटलाई २– १ गोलले. होलले हराउँदै सिराहा सेमिफाइनलमा पुगेको हो ।

 जितको लागि सिराहका सिद्धार्थ लामा र विश्वास राईले गोल गरे । सान्तवना गोल धनकुटाका सन्दिप लिम्बुले फर्काए ।

धनकुटाविरुद्ध सिराहाका खेलाडीले सुरुदेखि नै लगातार आक्रामक शैली अपनाए पनि पहिलो गोल गर्न २७ मिनेट कुर्नुप¥यो । उद्धव घलेले निकालिएको क्रस पासलाई सिद्धार्थ लामाले गोल गरी सिराहलाई अग्रता दिलाए ।

 केही आकर्षक र प्रतिस्पर्धात्मक देखिएको खेलको पहिलो हाफमा सिराहा अब्बल रह्यो । दोस्रो हाफदेखि धनकुटाले सुधारिएको खेल पस्कियो । ४२ औं मिनेटमा धनकुटाका सन्दिप लिम्बुले गोल गरी खेल बराबरीमा ल्याएका थिए ।

 सिद्धार्थ लामाले ५८ औं मिनेटमा हानेको बल क्रसबारमा लागेर बाहिरिँदा धनकुटाको संकट टरेको थियो । ६० औं मिनेटमा  विश्वास राईको वान भर्सेस वानको प्रहार गरेको बल पोस्टमाथिबाट बाहिरिँदा धनकुटाले अग्रता दोब्बर पार्ने अवसर गुमाएको थियो ।

 थप गरिएको इन्जुरी समयको दुई मिनेटमा सिराहाका विश्वसा राईले गोल गरी टिमको जित सुनिश्चत गरेका थिए । निर्णायक गोल गर्ने सिराहाका विश्वास राई म्यान अफ द म्याच घोषित भए ।

सोमबारको खेल आयोजक साइनो स्पोर्टस क्लब रानी विराटनगर र सहलेस युवा क्लब सिराहाबीच हुनेछ ।

 

 

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.