Websoft University

लागुऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ



बिराटनगर, चैत २ गते । रातो तारा डट कम,मोरङ र सुनसरीको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा  बिराटनगर-१५ स्थितमा भारतबाट नेपाल तर्फ आउदै गरेको को. ३९ प ८७१५ नम्बरको मोटरसाईकलमा सवार रहेका उदयपुर चौदण्डिगढी-२ का २९ बर्षीय उमेश खत्री र ईटहरी उप-महानगरपालिका-५ का २८ बर्षीय बसन्त तोलाङ्गीको साथबाट २ ग्राम ९३ मिलिग्राम ब्राउन सुगर र नगद १८ हजार रुपैया बरामद गरेको हो ।  सोही दिन ईलाका प्रहरी कार्यालय धरानबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले धरान-१५ का २७ बर्षीय जेल्स राईको कोठाबाट ३ ग्राम ब्राउन सुगर साथै  ट्रामाडोल, स्पास्पेइन ८० ट्यावलेट र नगद  ६० हजार ३ सय ५ रुपैया सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धित कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.