Websoft University

विराटनगर महानगरद्वारा माविस्तरीय विज्ञान प्रदर्शनी आयोजना- २२ वटा विद्यालयलाई पछि पार्दै सत्यनारायण प्रथम


विराटनगर | विराटनगर महानगरपालिकाको आयोजनामा महानगरस्तरीय अन्तर माध्यमिक विद्यालय विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । 

विराटनगरस्थित आदर्श मावि परिसरमा शनिबार एकदिने विज्ञान प्रदर्शनी भएको हो । हिसान, प्याब्सन र एन–प्याब्सन मोरङसँगको सहकार्यमा भएको प्रदर्शनीमा उत्कृष्ट भएर सत्यनारायण मावि प्रथम भएको छ । उसले नगद १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यसैगरी शिक्षादीप मावि द्वितीय, आदर्श मावि तृतीय र गोदावरी सेकेण्डरी बोर्डिङ स्कुलले सान्त्वना स्थान प्राप्त गरेका छन् । द्वितीय हुने शिक्षादीपलाई ७ हजार, तृतीय हुने आदर्शलाई ५ हजार र सान्त्वना हुने हुने गोदावरीलाई नगद ३ हजार पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । 

कार्यक्रममा पुरस्कृत सबै विद्यालयलाई विराटनगर महानगरपालिकाका कार्यबाहक मेयर काजीबहादुर बस्नेत, शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख टंक गौतम, महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपक पौडेललगायतले पुरस्कार प्रदान गरेका थिए । प्रा.डा. देवेन्द्र अधिकारी, सहप्रध्यापक डा. तुलसीप्रसाद निरौला र विज्ञान शिक्षक समाज नेपाल कोशी प्रदेश अध्यक्ष अभय लिम्बूले निर्णायकको भूमिका निर्वाह गरे । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यबाहक मेयर बस्नेतले विज्ञान प्रदर्शनीले विद्यार्थीहरूमा नयाँ ज्ञान र सीप प्राप्त हुने बताए । बस्नेतले शिक्षाको गुणस्तरमा महानगर गम्भीर रहेको उल्लेख गरे । 

त्यस्तै शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख टंक गौतमले विद्यार्थीलाई प्रदान गर्ने शिक्षा सैद्धान्तिकभन्दा व्यवहारिक हुनुपर्नेमा जोड दिए । विद्यालयमा पनिकक्षागत प्रस्तुति राख्न सकिने उनकोभनाइथियो ।  

निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपक पौडेलले अबको शिक्षा प्रविधिमा आधारित हुनु जरुरी रहेको बताए । अहिले विश्वकै शिक्षा प्रणालीमा स्टीम नोलेज (प्रविधिमा आधारित) को प्रयोग गर्दै गएको पौडेलको भनाइ थियो ।  

कार्यक्रममा हिसान मोरङका पूर्वअध्यक्ष राजेश कार्की, पोखरिया माविका प्रधानाध्यापक खेमराज भट्टराईलगायतले शुभकामना मन्तव्य व्यक्त गरे । प्रदर्शनीमा महानगरपालिका क्षेत्रभित्र १२ वटा सामुदायिक र १० वटा संस्थागत विद्यालयको सहभागिता रहेको महानगरको शैक्षिक महाशाखाका अधिकृत कृष्ण भट्टराईले जानकारी दिए । प्रदर्शनीमा विद्यार्थीहरूको समेत उत्साहजनक उपस्थिति रहेको भट्टराईले बताए ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.