Websoft University

क्याम्पको उद्घाटन

 


काठमाडौं । यस वर्ष लियो जिल्ला परिषद ३२५ सि ले फलाई युथ क्याम्पको आयोजना गरेको छ। लियो क्लवमा आवद्ध युवाहरुमाझ फेलोसिपको माध्यमद्वारा नेत्रीत्वको विकास गर्ने उदेश्यका साथ क्याम्पको उद्घाटन सत्र धरान स्थित बिजयपुर क्लब हाउसमा सभापति लियो जिल्ला परिषदका अध्यक्ष लियो सिद्धार्थ शाह,लायन्स जिल्ला ३२५ सि का प्रथम गभर्नर लायन धिरज गुरुङ ,प्रथम महिला लायन्स रेखा गुरुङको प्रमुख आतिथ्यमा सप्पन्न गरिएको थियो।

उक्त क्याम्प सागुरीगढी गाउँपालिका वडा नम्बर ६ स्थित थुम्की सामुदायिक होम स्टेमा रहेर विभिन्न कार्यक्रमहरुको आयोजना गरि सप्पन्न भएको छ । 

पहिलो दिन सहभागि सम्पुर्ण लियो सदस्यहरुलाई नाम्जे स्थित ११३ वटा चिहानका ढुङ्गाले बनाइएको आत्माघर, सङ्घ्रालय, बौद्ध गुम्बा संगै  नेपाल टेलिभिजनको टावर भएको भ्यु प्वाइन्ट लगायतको अवलोकन गराइएको आयोजक समितिले जानकारी दिएको छ।

त्यसैगरी बेलुका विभिन्न सास्कृतिक कार्यक्रम, हाउजी,  मगर जातिहरुको सांस्कृतिक नाच हुर्‍रा प्रस्तुत गरिएको थियो।  

त्यसैगरी दोश्रोदिन लियो ट्रेजर हण्ट, लियो ट्यालेण्ट हण्ट, ग्रामीण जनता मा बि का बिद्यार्थि भाइबहिनीहरुलाई खेलकुद साथै स्टेसनरीका सामाग्रीहरु बितरण, युथ अवेरनेस सेसन, चाइल्डहुड केन्सर अवेरनेस सेसन, सेल्फ डिफेन्स सेसन, थुम्कीका स्थानीयबासिहरुका लागि दन्त शिविर, आँखा शिविरको पनि आयोजना गरिएको थियो। 

कपि वितरण, युथ तथा चाइल्डहुड केन्सर लायन्स क्लब अफ धरान पंचकन्या, सेल्भ डिफेन्स लियो मनिषा विश्वकर्मा, दन्त शिविर बराहा डेन्टल तथा आँखा शिविर एक्यू अपटिकलको सहकार्य जसमा स्थानीयहरु खुशी साथ शिविरमा उपस्थिति हुनुभएको क्याम्पका कोअर्डिनेटर लियो मनिल दहालले जानकारी दिए।

आफुहरुले यस क्षेत्रको आन्तरिक पर्यटन प्रवर्द्धन गर्नका लागि समेत सहयोग पुर्याउने उद्देश्यका साथ होम स्टे जाने बाटोमा स्वागत बोर्ड समेत राखेको क्याम्प सचिव लियो प्रेसिका निरौलाले जानकारी दिइन् ।

अन्त्यमा कार्यक्रमको समापन सत्र भने नाम्जे होम स्टेको सामुदायिक भवनमा गरिएको थियो जसमा विभिन्न लायन्स प्रतिनिधिहरु लायन्स शान्ति श्रेष्ठ, क्रिति श्रेष्ठ, एकता श्रेष्ठ, होम स्टेका अध्यक्ष अनिल मगर,लियो क्लब चेयरमेन लियो लायन चांदबाबु इराकीको समेत उपस्थित रहेको थियो।

 त्यसैगरी जिल्ला परिषदका अध्यक्ष लियो सिद्धार्थ शाह ज्यले सम्पुर्ण सहभागीहरुलाई सर्टिफिकेट तथा मायाको चिनो समेत प्रदान गरिएको थियो । विभिन्न बिधाहरुमा बिजयी हुने सहभागीहरुलाई विभिन्न उपाधीहरुमा समेत  पुरस्कारबाट सम्मान गरेको जानकारी तथा पर्यटकिय नगरि नाम्जेको प्रवधन गर्नु यस युथ क्यामपको मुख्य उदेश्य रहेको जानकारी लियो जिल्ला परिषदका चिभ एडमिनिस्ट्रेटर लियो मनोज तिवारीले गराएका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.