Websoft University

महानगरभित्र भौतिक विकासका लागि समन्वय गर्न समिति गठन-अबदेखि महानगरसित समन्वय गरिने

विराटनगर ÷ विराटनगर महानगरपालिकाभित्र हुने भौतिक संरचनाको विकासमा समन्वय गर्न समिति गठन गरिएको छ ।

विराटनगर महानगरपालिकाका प्रमुखको संयोजकत्वमा विराटनगरभित्र रहेका संघीय र प्रदेश सरकार माताहत रहेका भौतिक विकाससँग सम्बन्धित कार्यालयका प्रमुख सदस्य रहने गरी समिति गठन गरेको हो । विराटनगर महानगरपालिकाको आयोजनामा भएको छलफलपछि गठित समितिले भौतिक विकासका आयोजनाहरु सञ्चालन गर्दा एकअर्का निकायबीच समन्वय गर्नेछ । महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको उपस्थितिमा भएको छलफलमा सहभागीहरुले महानगरपालिकाले राम्रो कामको सुरुवात गरेको बताएका थिए ।

छलफलमा मेयर कोइरालाले एक–अर्को निकायबीच समन्वय नहुँदा समस्या आउने गरेको बताए । उनले सडक कालोपत्रे गरिसकेपछि खानेपानीको पाइप राख्न भत्काउने, विद्युतको पोल गाड्नेलगायतका समस्या रहेको सुनाए । “एक अर्को कार्यालयबीच समन्वय नहुँदा पिच सडक भत्काएर खानेपानीको पाइप भसाउने, विद्युत पोल गाड्ने गरिएको छ,” मेयर कोइरालाले भने, “यसले राज्यको अनावश्यक खर्च हुनुका साथै जनतालेसमेत दुःख पाउने गरेका छन ।” खानेपानीको पाइप राख्ने नाममा पिच सडक भत्काएर लथालिङ छाड्ने गरेको कोइरालाको भनाइ थियो ।

एक–अर्को निकायबीच समन्वय भए कालोपत्रे गर्नुभन्दा अगाडि नै खानेपानीको पाइप, बिजुलीको पोल, अप्टिकल फाइबरलगायत राखे समस्या नआउने उनले बताए । महानगरभित्र हुने भौतिक विकासका योजना सञ्चालन गर्दा महानगरपालिकासित समन्वय गर्न मेयर कोइरालाले आग्रहसमेत गरे । उपमेयर कार्की र प्रमुख प्रशासकीय अधिकृत कोइरालाले संघीय र प्रदेश सरकार मातहतका कार्यालयले गरेको गल्ती पनि महानगरमाथि नै थोपर्ने गरेको सुनाए ।

छलफलमा नेपाल विद्युत प्राधिकरणका इन्जिनियर अञ्जलीकुमार यादव, नेपाल टेलिकमका वरिष्ठ इन्जिनियर निलेसकुमार सरदार, जलस्रोत तथा सिंचाई विकास विभागका सुमन भट्टराई, पूर्वाधार विकास कार्यालय मोरङका इन्जिनियर आयुष रेग्मी, नेपाल खानेपानी संस्थानका प्रमुख सन्तोष रौनियार, सडक डिभिजन कार्यालयका इन्जिनियर चेतनकुमार मण्डल, संघीय आयोजना कार्यालयका वरिष्ठ डिभिजन इन्जिनियर गणेशबहादुर महर्जन, महानगरपालिकाको सहरी पूर्वाधार महाशाखा प्रमुख भरतकुमार न्यौपाने, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, इन्जिनियर अनिल सिंह, अर्जुन थापालगायतको सहभागिता रहेको थियो । 

अबदेखि महानगरसित समन्वय गरिने

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.