Websoft University

अनुगमनको ब्यवस्था भए पनि कार्यन्वयनको अवस्था जटिल


दमक,चैत २ गते | दमक नगरपालिकाको नगर उपप्रमुख रेगिना भटराई प्रसाईले स्थानिय सरकारलाई नेपालको संविधान०७२ले बजार अनुगमनको ब्यवस्था गरे कार्यन्वयनको अवस्था जटिल रहेको बताउनु भएको छ । 

 विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा इलाका प्रशासन कार्यालय दमकले आज आयोजना गरेको उपभोक्ता हकहित एवम् बजार अनुगमन सम्वन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै संविधानले अनुसूची ८ मा पालिका र वडालाई बजार अनुगमनको अधिकार दिए पनि यसको विज्ञ र जनशक्तिको ब्यवस्था नहुदा कार्यन्वयनमा जटिल भएको हो ।
 यसको ब्यवस्थापन गर्न नसकि रहेको अवस्थाका समन्वय र सहकार्यमा गर्नु पर्ने नगर उपप्रमुख भटराईको भनाई रहेको छ । कार्यक्रममा प्रशासन कार्यालयको नायव सुब्बा सुरेन्द्र राज दाहालले बजारमा सेवा प्रदायकवाट उपभोक्ता पीडित भएकोले प्रभावकारी बजार अनुगमन आवश्यक रहेको बताउनु भयो । 

पसलमा मूल्य सुची नराख्ने,राखी हालेमा पसलको भित्र पटी राख्ने समस्या रहेको दाहालले बताउनु भयो । अनुगमनलाई सफल पार्न सरोकारवाला पक्षको धेरै सहयोग आवश्यक रहेको नायव सुब्बा दाहालले भनाई छ । वर्तमान संविधानले उपभोक्ताको हक धारा ४४(उपदफा १,र२ लगायतले उपभोक्ता हकको प्रताभूति दिलाउने,बजार अनुगमन गर्ने कामको जिम्मेवारी नगर उपप्रमुख र उपाध्यक्षलाई दिएको सहभागीको प्रश्नको जवाफ दिदै दाहालले बताउनु भयो । दमक नगर पालिकाको खाध अधिकृत लक्ष्मी न्यौपानेले जेरी लगायतका विभिन्न परिकार बनाउदा रंगको मिसावट रहेको जसको कारण उपभोक्ताको स्वास्थ्यमा समस्या हुने बताउनु भयो । 

कार्यक्रममा शिवसताक्षी नगरपालिकाको नगर उपप्रमुख नरमाया कार्की,कमल गाउँ पालिकाको उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी ,जनप्रतिनिधि, वाणिज्य संघ,स्थानिय पत्रकार सरोकारवाला बीच जता सुकै बोतलमा राखेर पेट्रोल बेच्न नपाइने, पुरानो ढकको प्रयोग गर्न नपाइने ग्राहकहरुले देख्ने गरी मूल्य सुची राख्नु पर्ने लगायतका विषयमा छलफल भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.