Websoft University

एक दर्जन बढी आन्दोलनकारीलाई प्रहरीले प्रक्राउ


मनकुमार गदाल - दमक,फागुन २८ गते | दमकसहित झापाको विभिन्न स्थानमा कोशी प्रदेश नामकरणको विरोधमा उत्रिएका एक दर्जन बढी आन्दोलनकारीलाई प्रहरीले प्रक्राउ गरेको छ । 

आन्दोलनकारीले पूर्व पश्चिम राजमार्गमा चलीरहेका मालवाहक सवारीलाई दमक चोकमा रोक्ने र ढुङगा प्रहार गरेपछि प्रहरीले दमक, विर्तामोड र काकरभिटावाट १३जना आन्दोलनकारीलाई पक्राउ गरेको    हो । दमकवाट ८ जना, विर्तामोडवाट ३ जना र काकरभिटावाट २ गरी १३ जनालाई समाचार तयार पार्दा सम्म प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ पर्नेहरुमा आन्दोलनकारीहरु प्रेम दिप थाम्सुहाङ,याम लोरिङदेन ,बन्दना सुब्बा र महेन्द्र चाम्लिङ लगायतलाई पक्राउ गरेको छ ।

प्रदेश न.१ पुन नामकरण संर्युक्त सघर्ष समितिले एक दिन कोशी प्रदेश बन्द आब्हान गरेमने समितिका संयोजक देवेन्द्र चेम्जोङले बताउनु भयो । दमक चोकमा जाम गरेर राखेको मालवाहक सवारी सुचारु गर्न र सुचारु हुन नदिने क्रममा शुरुमा आन्दोलनकारी र प्रहरी वीच घम्साघम्सी परेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.