Websoft University

सुनौला हजार दिनका आमाहरूलाई पोषणसम्बन्धी अभिमुखीकरण


विराटनगर माघ २५ गते  |  विराटनगर महानगरपालिकाले सुनौला हजार दिनका आमाहरूलाई फोलिक एसिड र पोषणसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।

महानगरले प्रदेश–१ सरकार र करुणा फाउण्डेसन नेपालको त्रिपक्षीय लागत साझेदारीमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रमअन्तर्गत समुदायमा सुनौला हजार दिनका आमाहरूलाई फोलिक एसिड र पोषणसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गर्न अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो । 

विराटनगर–४ को खार्जीमा आयोजित समारोहमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालासमेत सहभागी भए । सो अवसरमा मेयर कोइरालाले गुणस्तरीय र नियमित सेवा दिनलाई कर्मचारीहरूलाई निर्देशन दिए । नागरिक स्वस्थ भएमा मात्रै समाजको चौतर्फी विकास हुने उनले बताए । महानगरपालिकाले पनि स्वास्थ्य र शिक्षालाई उच्च महत्व दिएर काम गरिरहेको सुनाए । अभिमुखीकरण कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्नेमा मेयर कोइरालाले जोड दिए ।

वडा नम्बर ४ का वडाध्यक्ष जितन थापाले सुनौलो हजार दिनको   प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले सुनौलो हजार दिनलाई अभियानकै रुपमा सञ्चालन गर्नुपर्ने बताए । महानगरका १९ वटै वडामा कार्यक्रम सञ्चालन गरिने कोइरालाको भनाइ थियो ।

अभिमुखीकरण कार्यक्रममा पोषणको परिचय र महत्व, न्यून मातृ शिशु पोषणका असरहरू, पोषणचक्र, पोषणका लागि सुनौला हजार दिनको महत्व, मातृशिशु तथा बाल्याकालीन पोषण सुधारका लागि परिवारको भूमिका, उपयुक्त  गर्भाधानको समय तथा गर्भानत्तरको महत्व, प्रि–कन्सेप्स्सनल फोलिक एसिड र पोस्ट फोलिकको महत्व बारेमा जानकारी गराइएको महानगरको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलिले जानकारी दिए । सुनौलो हजार दिन भन्नाले गर्भधारण गरेदेखि बच्चा दुई वर्षको नहुञ्जेलसम्मको समयलाई मानिने अलीले बताए । 

“यो अवस्था भनेको अत्यन्तै महत्वपूर्ण समय हो,” प्रमुख अलीले भने, “आमा र बच्चाको स्वास्थ्यका लागि यो अवस्थामा सुरुको चार हप्तादेखि आठ हप्ताको समय पेटभित्रको बच्चाको मेरुदण्ड बनिसकेको हुन्छ । यस अवस्थामा फोलिक एसिडको कमी भएमा जन्मने बच्चामा जन्मदोष देखा पर्दछ ।” उनका अनुसार जन्मेदेखि दुई वर्षको उमेरमा बच्चाको ८० प्रतिशत दिमागको विकास भइसकेको हुन्छ । 

अलीले यो अवस्थामा उचित पोषण तथा फोलिक एसिडको सेवनको अत्यन्त महत्व हुने हुने बताए । महानगरले हरेक वडामा ३ स्थानमा गरी १९ वडामा ५७ स्थानमा सुनौलो हजार दिनसम्बन्धी अभिमुखीकरण सञ्चालन गर्नेछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.