Websoft University

आज बिहीबार ‘द इलिमेन्ट्स’ को प्रस्तुति


विराटनगर । बिहीबार चर्चित व्याण्ड ‘द इलिमेन्ट्स’ ले विराटनगरमा जारी सीएनआई कोसी एक्स्पोमा प्रस्तुति दिंदैछ । ‘मेलोडी पप’ मा लोकप्रिय स्वर इशान राज वन्तको व्याण्ड ‘द इलिमेन्ट्स’ का लागि एक्स्पो स्थल विराटनगर–२ शंकरपुर मार्गको मैदान बिहीबारको साँझका लागि ‘बुक’ हुने आयोजकको दाबी छ ।

‘द इलिमेन्ट्स’ ले आफ्ना म्यूजिक फ्यानका लागि छोडिएका ‘बिर्सिने हौ कि, सपनाको मायालु, माया भन्छन्, अल्लारे, ठुला ठुला शहर, अपरिचित, निन्द्रा, तिमी नै, त्यसैले हिंडे म’ लगायतका गीत चर्चित रहेका छन् ।

बिहीबार स्थानीय व्याण्डको प्रस्तुति छैन । त्यहि भएर चिसो र शान्त साँझमा इशान राज वन्तको स्वर गुन्जिने दाबी उनका फ्यानहरुले गरिसकेका छन् ।

माघ १९ मा एक्स्पो सुरु भएयता हरेक साँझ संगीत र कलाकारितामा नाम र चर्चा रहेका कलाकारहरुले प्रस्तुति दिंदै आएका छन् । एक्स्पो अवलोकनकर्ताहरुको माग र चाहनाका आधारमा कलाकारहरु तय गरिएका हुन् ।

बेलुका ६ः३० बजेसम्म एक सय रुपैयाँमै टिकट काट्न पाइने व्यवस्था सीएनआई प्रदेश १ ले गरिसकेको छ । त्यसपछि टिकट शुल्क दुई सय रुपैयाँ रहेको जनाइएको छ । तर पहिले नै टिकट काटेका दर्शक वा अवलोकनकर्ताहरुले भने जुनसुकै समयमा पनि सहज रुपमा मुल गेटबाट प्रवेश पाउनेछन् ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.