Websoft University

७३ औं राष्ट्रिय प्रजातन्त्र​दिवसका अवसर पारेर विराटनगर महानगरपालिकाले सरसफाई अभियान सञ्चालन गर्यो


बिराटनगर फागुन ७ गते | रातो तारा डट कम,(सफाई अभियान) ७३ औं राष्ट्रिय प्रजातन्त्र​दिवसका अवसर पारेर विराटनगर महानगरपालिकाले सरसफाई अभियान सञ्चालन गरेको छ ।

विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउन भन्दै महानगरपालिकाले नयाँ जनप्रतिनिधि आएसँगै सरफाई विशेष अभियान सञ्चालन गर्दै आएको छ । सो अभियानअन्तर्गत प्रजातन्त्र दिवस मनाउने क्रममा महानगरले सरसफाई अभियान सञ्चालन गरेको हो । महानगरवासीलाई सरसफाईप्रति जागरुक बनाउन महानगरले नाचगानसहित सरसफाई गरेको थियो । कार्यक्रममा आदर्श माविका विद्यार्थी तथा शिक्षक, सफाई अभियानकर्मी मुकुन्द बस्नेत, महानगरका कर्मचारी, सरसफाई साझेदार संस्थाका प्रतिनिधिलगायतले सडक सफा गर्दै स्थानीयको ध्यानाकर्षण गराउन विभिन्न गीतमा नृत्यसमेत प्रस्तुत गरेका थिए ।  

आदर्श उच्च माविका विद्यार्थी, सरसफाई अभियानकर्मीको सहभागितामा पानीटंकीदेखि ट्राफिक चोकसम्म सफाई गरिएको महानगरको सरसफाई शाखा प्रमुख पुनम दाहालले जानकारी दिनुभयो । नाचगानसहित सरसफाई गर्दा स्थानीयको ध्यानकर्षण हुने र उनीहरुसमेत आफ्नो घर, पसल र कार्यालय अगाडि सफा गर्न जागरुक हुने दाहालले बताउनुभयो । 

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.