Websoft University

दाजु भाई २ जना वस भित्रै लुटिए


गाईघाट १० फागुन| रातो तारा डट कम,काठमाण्डौ देखि गाईघाट तर्फ आउदै गरेका नातामा दाजु भाई पर्ने दुई जना वस भित्रै लुटिएका छन् । प्रदेश ०३–००१ ख २५८० नम्बरको प्राइम डिलक्स रात्री वस वाट आउदै गर्दा उनीहरु सोमवार लुटिएका हुन् । 

उनीहरु दुवै जना लाई वेहोस अवस्थामा गाडी भित्रै आफन्तले भेटेका   थिए । अज्ञात समुहले वेहोस वनाएर ४ तोला सुनको गहना र उनीहरुको साथमा रहेको १ लाख नगद समेत लुटिएको प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ । प्रहरीका अनुसार , उदयपुरको रौतामाई गाउपालिका १ टाट्नेका ५५ वर्षिय नुर्वु छिरिङ शेर्पा र उनका नाताका भाई पर्ने ३८ वर्षिय  ल्होदोर्जी शेर्पा लुटिएका हुन् । 

दुवै जना गाईघाट आउदै गरेको जानकारी पाए पछि आफन्तहरु उनीहरु को प्रतिक्षामा सोमवार दिउसो देखि नै वजारमा कुरेर वसेका थिए ।  मंगलवार विहानै ६ वजे गाडी वसपार्क आइपुगे पनि उनीहरु संग फोन सम्पर्क गर्दा कुनै सम्पर्क हुन नसके पछि आफन्त वस पार्क गएका थिए । 

वसपार्कमा उनीहरु आएको गाडी भित्र खोज तलास गर्दा दुवै जना वेहोस अवस्थामा भेटीए पछि तत्काल प्रहरी लाई खवर गरी अस्पताल भर्ना गरीएको थियो । उनीहरु दुवैको अस्पतालमा उपचार भैरहेको छ । प्रहरीले गाडी लाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ । 

पिडितको तर्फ वाट मंगलवार जिल्ला प्रहरी कार्यलय मा घटनाको अनुसन्धान गरी आवश्यक कार्यवाही को लागि आफन्तले जाहेरी दिएका छन् । जाहेरीमा गाडीका चालक , कन्टेक्टर र सह –चालक समेत ३ जना लाई पक्राऊ गरी अनुसन्धान गर्न माग गरीएको छ ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.