Websoft University

अन्तरविद्यालय वक्तत्वकला प्रतियोगिता एभरेष्ट भट्टराई प्रथम


विराटनगर | अन्तरविद्यालय वक्तत्वकला प्रतियोगिता एभरेष्ट सेकेण्डरी स्कुलका इशल भट्टराई प्रथम भएका छन् ।

विराटनगर महानगरपालिकाको सभाहलमा आयोजित प्रतियोगितामा १९ जना  प्रतिस्पर्धीलाई पछि पार्दै एभरेष्ट बोर्डिङ स्कुलका भट्टराई प्रथम भएका हुन् । विराटनगरस्थित विकल्प–एन अल्टरनेटिभले आयोजना गरेको प्रतियोगितामा बूढानिलकण्ठ स्कुलका छात्रा शिरिन भट्टराई  द्वितीय, सेन्टजोसेफका जयश कर्ण तृतीय र आदर्श माविका युनिश नेपालले सान्त्वना पुरस्कार प्राप्त गरे । प्रथम, द्वितीय र तृतीयलाई क्रमशः ७ हजार, ५ हजार र ३ हजार रुपैयाँका साथमा मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । विजेताहरुलाई विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र अर्थशास्त्री डा. भेषप्रसाद धमलाले पुरस्कार र प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दैै मेयर कोइरालाले विद्यालयस्तरदेखि नै उद्यमशीलताका विषयमा सोच्नुपर्नेमा जोड दिनुभयो । स्वदेशमा रोजगारी सिर्जना नहुँदा युवाहरु विदेश पलायन हुने क्रम बढेको भन्दै उहाँले उद्यम व्यवसायमा लागेर स्वरोजगार हुन सकिने चर्चा गर्नुभयो । उपमेयर कार्कीले नेपालमा थुप्रै अवसर भएको बताउनुभयो । उहाँले नेपालमै केही गर्छु भन्ने हिम्मतका साथ अगाडि बढ्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । विकल्पका वसन्त अधिकारीले विद्यालयस्तरदेखि नै उद्यमशीलताका विषयमा जानकारी होस् भन्ने उद्देश्यले कार्यक्रम राखिएको जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.