Websoft University

सबैसंग मिलेर संस्थागत रुपमा समन्वय गरी नागरिकलाई सेवा दिने-प्रमुख जिल्ला अधिकारी

 


दमक ,फागुन ३ गते | झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले सरोकारवाला बीच जिम्मेवारी फरक भए पनि सबैको उद्धेश्य सेवा नै भएको बताउनु भयो ।

 दमक नगर पालिका नगर कार्यपालिकाको कार्यालयले आज दमकमा आयोजना गरेको स्वागत तथा परिचयात्मक कार्यक्रमको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी पोखरेलले सबैसंग मिलेर संस्थागत रुपमा समन्वय गरी नागरिकलाई सेवा दिने बताउनु भएको हो । 

गृह मन्त्रालयवाट सरुवा भई गत माघ १३ गते झापा आउनु भएका प्रजिअ पोखरेलले कार्यक्रममा बोल्दै नागरिकको सेवालाई सहज कायम गर्ने बताउनु भयो । कार्यक्रमका अध्यक्ष तथा दमक नगर प्रमुख राम थापाले आफनो विभिन्न मतभेद भए पनि दमकको बिकासमा सबै एक हुने बताउनु भयो ।झापा भित्रका सरकारी निकायमा आउनु भएका नयाँ कार्यालय प्रमुखलाई स्वागत गरी नगरवासीका हरेक काम गर्न सजिलो होस भनेर उहाँहरुलाई स्वागत गरेको बताउनु भयो । 

 कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पोखरेल,जिल्ला प्रहरी कार्यालय झापा प्रहरी प्रमुख एसपी दुर्गा रेग्मी,राष्ट्रिय अनुसन्धान कार्यालय झापाका प्रमुख तुलसी प्रसाई ,सशस्त्र प्रहरी वल नेपाल नम्वर ३८ रिजर्व गण कमलका प्रमुख एसपी महेश केसी,इलाका प्रशासन कार्यालय दमकका प्रमुख महेश राज तिम्सिना र इलाका प्रहरी कार्यालय दमकको प्रमुख डिएसपी मनोज कुमार लामालाई सयपत्रीको माला लगाइ दिएर नगर प्रमुख थापाले स्वागत गर्नु भएको हो । 

सोही कार्यक्रममा गत माघ ६ गते भएको दमक उधोग वाणिज्य संघको निर्वाचनवाट नवनिर्वाचित अध्यक्ष गोपाल गुरागाईको कार्यसमिति र केही साता अघि भएको साथी भाई समुह दमकको निर्वाचनवाट नवनिर्वाचित अध्यक्ष गंगा सिटौलाको कार्य समितिलाई स्वागत गरेको थियो । कार्यक्रममा नगर उपप्रमुख रेगिना भटराई, नगरपालिकाकै सामाजिक विकास समिति संयोजक शारदा सापकोटा,वाणिज्य संघका अध्यक्ष गुरागाई लगायतले बोल्नु भएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.