Websoft University

विराटनगरमा अन्तर स्कुल हव क्रिकेट टुर्नामेन्ट हुँदै, ८ वटा विद्यालयले भाग लिने


विराटनगर । विराटनगरमा अन्तर स्कुल हव क्रिकेट टुर्नामेन्ट प्रतियोगिता हुने भएको छ ।

 नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगरमा अन्तर स्कुल क्रिकेट टुर्नामेन्ट हुन लागेको हो ।

 आयोजकले विराटनगरमा आज पत्रकार सम्मेलन गरी फागुन ११ देखि १८ गतेसम्म विराटनगर ६ मा रहेको ज्वाल क्रिकेट मैदानमा प्रतियोगिता हुन लागेको हो ।

 प्रतियोगितामा विराटनगरका ८ वटा विद्यालय सहभागि हुने नेपाल क्रिकेट फाउन्डेसनका अध्यक्ष अविशेक श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा विराटनगरको बाल्मीकि, बुढानिकलन्ठ, बिनायक, सरस्वती, सत्यनारायण, पोखरीया, मनकामना र राइजिङ नेपालले भागि लिएका छन् ।

 प्रतियोगिताको लिग खेल २५ ओभरको हुनेछ भने सेमिफाइनल र फाइनल ३० ओभरको हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले ट्रफि र प्रमाणपत्र पाउँनेछन् । बेस्ट ब्याटर, बेस्ट बलर, म्यान अफ द टुर्नामेन्ट, बेस्ट किपर र बेस्ट फिल्डरले हुने खेलाडीले विराटनगर क्रिकेट क्लब एण्ड एकाडेमीको तर्फबाट छात्रवृत्ती पाउँनेछन् ।

 प्रतियोगितामा भाग लिने टिमले दर्ता शुल्क ७ हजार ५ सय रुपैयाँ रहेको छ भने प्रतियोगिता सम्पन्न गर्न करिब २ लाख खर्च हुने अनुमान गरिएको छ ।

 नेपाल क्रिकेट फाउन्डेसनले यो प्रतियोगिता सकिएलगतै मार्च ३ तारिखबाट महिला क्रिकेट प्रतियोगिता विराटनगरमा गर्दैछ । सामुदायिक विद्यालयको मात्र महिला खेलाडीहरुले प्रतियोगितामा भाग लिन पाउने फाउण्डेसनको अध्यक्ष श्रेष्ठले बताए । क्रिकेट खेलको ग्रासउटबाट विकास गर्ने उद्देश्यले स्कुल तहबाट यस्तो प्रतियोगितामा जोड दिएको उनले बताए । ‘हामीले गर्ने क्रिकेट प्रतयोगिताहरु क्रिकेट खेलको विकासको लागि हो,’ उनले भने, ‘स्कुल तहबाट खेलाडी उत्पादन गरी राष्ट्रिय स्तरको क्रिकेट खेलाडी उत्पादन गर्नु हो ।’

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.