Websoft University

शिक्षादीपको कविता वाचनमा एन्जलको कविता प्रथम


विराटनगर माघ २९ गते | विराटनगरस्थित शिक्षादीप कलेजले आयोजना गरेको खुल्ला कविता प्रतियोगितामा ४४ जना प्रतिस्पर्धीलाई पछि पर्दै एन्जल राई प्रथम भएकी छन् ।

कलेजले अतिरिक्त क्रियाकलापअन्तर्गत शुक्रबार आयोजना गरेको कविता प्रतियोगितामा ‘विद्यमान मेरो देश’ शीर्षकको कविता वाचन गरेर राई प्रथम भएकी हुन् । त्यस्तै ‘मेरो देशको राजनीति’ शीर्षकको कविता वाचन गरेर रितेश भट्टराई द्वितीय र ‘इजन दिस लभ’ शीर्षकको अंग्रेजी भाषाको कविता वाचन गरेर स्मृति मल्लिक तृतीय भए । 

त्यस्तै मनिषा भगत, डोरिक मण्डल र समीक्षा चौहानले सान्त्वना स्थान हासिल गरे । युवा साहित्यकार एवं पत्रकार मीनकुमार नावेदित र अंग्रेजी साहित्यकार प्राध्यापक डा. विमलकिशोर श्रीवास्तकको निर्णायक समितिले पुरस्कृत विद्यार्थीहरुको नाम घोषणा गरेको थियो ।

कार्यक्रममा कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले छोटो सूचनाका आधारमा यति धेरै विद्यार्थीकोसहभागिता हुनुखुसीको कुरा भएको बताए । उनले पठनपाठनसँगै अतिरिक्त क्रियाकलापलाई कलेजले उच्च प्राथमिकता राखेको उल्लेख गरे । 

कार्यक्रममा प्रमुख निर्णायक नवोदितले विद्यालय र कलेजस्तरदेखि नै साहित्यप्रति विद्यार्थीको अभिरुची वृद्धि गर्नुपर्नेमा जोड दिए । उनले साहित्यले समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने चर्चा गर्दै नवोदितले शिक्षादीप कलेज हरेक वर्ष कविता प्रतियोगिता आयोजना गर्नु सकारात्मक भएको बताए । सो अवसरमा कलेजका निर्देशक शंकर भट्टराई, भूपी दाहाल, वसन्त बस्नेत, ऋतुराज रेग्मीलगायतले मन्तव्य व्यक्त गरे ।

 

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.