Websoft University

मुलुकमा सबै दल मिलेर जनआन्दोलन गरी गणतन्त्र ल्याए पनि गणतन्त्रको अनुभति नेपाली जनताले पाउन नसकेनन् ।


दमक,फागुन ७ गते | मुलुकमा सबै दल मिलेर जनआन्दोलन गरी गणतन्त्र ल्याए पनि गणतन्त्रको अनुभति नेपाली जनताले पाउन नसकेको नेकपा एमालेको केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बताउनु भयो । 

पार्टीको दुई महिने मिसन ग्रासउड अभियानको शिलशिलमा पूर्व आउनु भएकी पार्टीको उपाध्यक्ष शाक्यले आज झापाको दमकमा पार्टीको महिला नेत्रीहरुसंगको भेटघाटमा सो कुरा बताउनु भएको हो । जनआन्दोलनको वेला दलका नेताहरुले गरेको वाचा पुरा गर्नु पर्ने वेलामा दलहरु नै विवादमा अल्झीएको उपाध्यक्ष शाक्यले बताउनु भयो । तत्कालिन भूमिगत कालका महिला कार्यकर्ता रअहिलेको पुस्ताका महिला कार्यकर्ता वीच ग्रासउड मिसनको जानकारी दिदै भूमिगत आन्दोलनको पनि सत्य कथा सुनाउनु भएको थियो । 

एमालेको मार्गदर्शन सिद्धान्त माक्सवाद लेलिनवाद जनताको बहुदलीय जनवादलाई अनुशरण गर्दै इमान,त्याग र निष्ठाको राजनीति गर्ने नेता कार्यकर्ताहरुले जोगाएर पार्टीलाई यहाँ सम्म ल्याए पनि अहिले ओझेलमा परेको भन्दै नेता शाक्यको गुनासो गर्नु भयो ।हिजो कम्युनिष्ट पार्टीका सदस्य आफैले संगठीत सदस्यता शुल्क आफै तिरे पनि अहिले पार्टी संगठनमा विकृति मौलाउन थालेको कारण सदस्यता नविरणमा ठेकेदारी प्रथा बढ्दै गएको छ । 

पार्टीमा देखिएको यो विकृति हटाउन प्रत्येक सदस्यले आफनो सदस्यता शुल्क आफै तिर्नु पर्छ उहाँले भन्नुभयो ।झापालाई आफनो माइती घर बताउने नेता शाक्यले विचार दर्शन नबुझेको ब्यक्तिलाई टिपेर नेतृत्वमा ल्याउदा समस्या आएको बताउनु भयो । हिजो दिनमा एमाले राजतन्त्रको विरुद्ध संर्घष गर्ने आज राजा आउ देश बचाउ भन्ने केन्द्रीय सदस्य दुर्गा प्रसाईलाई पार्टीको १ नम्वर प्रदेश कमिटीको ५ गते बसेको बैठकले कारवार्हीको लागि केन्द्रीय कमिटीलाई सिफारिस गरेको छ ।उनलाई कारवार्ही हुन्छ शाक्यले भन्नु भयो । 

एमाले केन्द्रीय सदस्य मेनुका काफले,पार्टीको लेखा आयोगको सदस्य लिला कटेल कार्की,महिला नेतृहरु सीता बस्नेत, विष्णु वराल लगायतले शेलटरदाताको सहयोग र भूमिगत पार्टी राजनीतिक विषयमा आफनो अनुभवहरु सुनाउनु भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.