Websoft University

राष्ट्रपति रनिङ सिल्ड प्रथम उपाधि त्रिशुलेलाई


मोहन कुमार राई÷ फाल्गुण ७ गते | रातो तारा डट कम,संखुवासभा, चैनपुर नगरपालिका राष्ट्रपति रनिङ सिल्डको प्रथम उपाधी शारदा मावि त्रिशुलेले उचालेको छ ।

नेपाल सरकार, युवा तथा खेलकुदल मन्त्रालयको तत्वाधान तथा राष्ट्रिय खेलकुद परिषदको संयोजकत्वमा स्थानीय तह चैनपुर नगरपालिका  स्तरीय प्रतियोगिता आयोजक समितिद्धारा आयोजित अन्तर विद्यालय स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आइतबार सम्पन्न भएको हो ।

संखुवासभा बहुमुखी क्याम्पसको खेल मैदानमा सञ्चालित राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा प्रथम शारदा मावि त्रिशुले, द्वितीय शारदा मावि पोखरी र तृतीय स्थान शारदा मावि खराङले प्राप्त गर्न सफल  भएको चैनपुर नगर शिक्षाशाखाप्रमुख कमल गौतमलेजानकारी दिनुभयो ।

शुक्रवार उद्घाटन भई तीन दिन सम्म सञ्चालन भएको खेलकुद प्रतियोगितामा नगरपालिका भरीका ११ विद्यालयहरुले भाग लिएका   थिए । प्रतियोगितामा भलिवल, दौड, रिले, कपडी, लङजम्प, हाइजम्प, ज्याबलीङथ्रो, र सटफुट सहित ९ विधाका खेलहरु सञ्चालन भएको यथलेटिक्स संयोजक मोहन कुमार खत्रीले वताउनुभयो । सबै किसिमका खेलहरुमा विद्यालयका छात्र÷छात्राहरुले सहभागिता जनाएको भलिबल रेफ्री प्रवेश सिंखडाले बताउनुभयो ।

राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा ९ स्वर्ण,३ रजत र ३ कास्य सहित शारदा मावि त्रिशुले प्रथम, ६ स्वर्ण, ५ रजत र ४ कास्य सहित शारदा मावि पोखरी द्वितीय, र ६ स्वर्ण, ५ रजत र ३ कास्य सहित शारदा मावि खराङ तृतीय भएको नगर खेलकुद समिति चैनपुरका अध्यक्ष फूर्वा सेर्पाले जानकारी दिनुभयो ।

आइतबार नै विजयी खेलाडी छात्र÷छात्राहरुलाई मेडल, तथा प्रमाणपत्र सिल्ड कार्यक्रमका प्रमुख अतिथि एवं चैनपुर नगरपालिका नगर प्रमुख कृणकुमार तामाङले प्रदान गर्नुभएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.