Websoft University

नेपालमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको नृत्य र गायन रियालिटी सो आयोजना हुदै, प्रथम पुरस्कार नै १ करोड

 


काठमाडौं । रातो तारा डट कम,नेपालमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको नृत्य र गायन रियालिटी सो आयोजना हुदैछ । 

'इन्‍ट्रा नेशनल वेल्फेर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिका'ले मेरो डान्स युनिभर्स र मेरो भोइस युनिभर्स नामक अन्तर्राष्ट्रिय स्तरको रियालिटि सो को आयोजना गर्न लागेको हो । 

बुधबार झापाको दमकमा पत्रकार सम्मेलनको आयोजना गरेर सो को जानकारी दिइएको हो ।

सन्सार भरी बस्ने नेपाली भाषीले सहभागिता जनाउन पाउने दुबै सोमा  १८ वर्ष भन्दा माथीका प्रतियोगीले सहभागिता जनाउन पाउने आयोजकका राजेश घतानीले बताए ।

यस्तै दुबै सो का प्रथम पुरस्कार धनराशि १ करोडको रहेको छ भने दोश्रो ३० लाख र तेस्रो २० लाखको रहेको छ । सो मा कुनै सहप्रायोजक नरहेको र सम्पुर्ण आयोजना इन्‍ट्रा फाउन्डेसनले गर्ने घतानिले बताए । 

मेरो डान्स युनिभर्सको जर्जमा कलाकार मिथिला शर्मा,नायक दिलिप रायमाझी नृत्य निर्देशन शंकर बिसि , नायिका पृयन्का कार्की , केकि अधिकारी र नृत्य प्रशिक्षक नरमान राई रहेका छ्न ।  

यस्तै मेरो भोइस युनिभर्समा वरिष्ठ संगीतकार सुरेश अधिकारी, लोकप्रिय गायिका अन्जु पन्त , लोकप्रिय गायक शिव परियार , लोकप्रिय गायक पुस्पन प्रधान र गायिका सुजता वर्मा रहेका छ्न ।  

सो को फिल्ड अडिसन अमेरिका, क्यान्डा, युरोप,दुबई  र नेपालको नेपालगन्जमा हुदैछ । यस्तै प्रदेश १ भरिकै लागि झापाको दमक  स्थित श्री सरस्वती मा बि ईट्टाभट्टामा २० र २१ गते हुदैछ । अडिसनमा लागि कुनै शुल्क तिर्न नपर्ने आयोजकले बताए ।  फिल्ड अडिसन पछि जर्ज अडिसन पनि दमकमा नै हुने आयोजकले बताएका छ्न । त्यसपछी यसको अन्तिम अडिसन नेपालको काठमाडौं, अस्ट्रेलिया र थाइल्यान्डमा हुनेछ । विश्वभरीका १२० जनालाई अन्तिम छनौट गरी नेपालको काठमाडौंमा प्रतियोगिता आयोजना गरिने छ र विभिन्न चरण गर्दै जर्ज द्वारा छनौट गरिनेछ र  टप १२ देखि भोटिङ राउन्ड मार्फत जनताले नै चुन्न पाउने घतानिले बताए । यस्तै सो लाई नेपाल टेलिभिजन बाट प्रसारण गरिनेछ ।

यस्तै ४ जना भन्दा बढी ग्रुप डान्स लिएर आउनेलाई पनि स्थान दिइने र उनिहरुलाई छुट्टै प्रथम २० लाख,दोस्रो १५ लाख र तेस्रो ५ लाखको ब्यबस्था गरिएको घतानिले बताए । उनले नेपाली भाषा र संकृतीको संरक्षण र प्रवर्धनका लागि आयोजना गरिएको बताए  । उनले भने "बिश्व भर छरिएका  नेपालीले नेपाली भाषा बोल्दैनन तसर्थ हाम्रो परपम्परा, भाषा, रितीथिती बचाउन संरक्षण गर्नकै लागि रियालिटी शो आयोजना गरेका हौँ ।'

आज भएको पत्रकार सम्मेलनमा आयोजक तर्फ सुरेन्द्र सर्मा,शंकर बिसि ,राम बानिया ,भुपाल अधिकारी, नवीन सेडाई ,सुमन सुब्बा रहेका थिए । 

इन्‍ट्राको आयोजनामा मेरो डान्स कप युएसए - सिजन ४' र 'मेरो भ्वाइस कप युएसए - सिजन २' सफलता पुर्वक सम्पन्न गरिसकेका  छन  । इन्‍ट्रा नेशनल वेल्फेर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिका एक अमेरिकामा बसोबास गर्दै आएका भुटानी शरणार्थीहरुको सामाजिक लोककल्याणकारी सस्था हो ।  यसको अध्यक्ष डिल्ली अधिकारी रहेका छ्न भने नेपालका अध्यक्ष नायक दिलिप रायमाझी रहेका छ्न |

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.