Websoft University

वर्देवा बन्धु समाजको तेस्रो अधिवेशनले राजकुमार वर्देवालाई अध्यक्ष चयन गर्यो


 दमक,फागुन १ गते | झापामा रहेका दर्जी जात भित्र पर्ने बर्देवा थरका वर्देवा बन्धु समाजको तेस्रो अधिवेशनले राजकुमार वर्देवालाई अध्यक्ष चयन गरेको छ ।

झापाको कन्काई नगर पालिका स्थित कन्काई कोटिहोममा सम्पन्न अधिवेशनले आज वर्देवा बन्धु समाज झापाकोअध्यक्षमा राजकुमारलाई सर्वसम्मत चयन गरेको हो । बर्देवा बन्धु समाजको पाँचौ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले राजकुमारको नेतृत्वमा ११सदस्यीय जिल्ला कार्यससमिति चयन गरेको छ ।

 वर्देवा बन्धु समाजको जिल्ला अध्यक्षमा राजकुमार वर्देवा अर्जुनधारा,उपाध्यक्षमा अशोक वर्देवा दमक, सचिवमा चन्द्र वर्देवा मेची नगर,सहसचिवमा फडिन्द्र वर्देवा गौरादह र कोषध्यक्षमा कर्ण वर्देवा दमक चयन भएको उपाध्यक्ष अशोक वर्देवाले जानकारी दिनु भयो। 

पदम प्रसाद वर्देवाको अध्यक्षतामा भएको अधिवेशनको बन्दसत्रले जिल्ला सदस्यहरुमा लाल बहादुर वर्देवा,कल्पना श्रेष्ठ वर्देवा,धनराज बर्देवा,डम्वरी वर्देवा, तुलाराम वर्देवा, रमेश वर्देवालाई चयन गरेको छ । 

 अधिवेशनको उद्घाटन सत्रका प्रमुख अतिथि समाजका संस्थापक अध्यक्ष तेज बहादुर वर्देवाले बन्धुहरु बीचको एकता नै शुत्रलाई प्ररस्त गर्न सकिने बल भएको बताउनु भयो । वर्देवा समाजको उदेश्य पुरा गर्न सबै बन्धु उक जुट हुनु पर्ने उहाँको भनाई छ । 

 अतिथिहरु कन्काई नगरको कार्यपालिका सदस्य,सावित्री देवी वर्देवा,कृष्ण वर्देवा,सुरेन वर्देवा र खगेन्द्र वर्देवा लगायतले वन्धु समाजको विविध पक्षमा बोल्नु भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.