शिव भट्टराई, मोरङ | सुन्दरहरैँचा ७ स्थित शिव पञ्चायन मन्दिरकाे सभाहलमा बिहीबारदेखि ३ दिने व्यवसायिक गाई ,भैंसी पालन सम्बन्धि तालिम सुरु भएको छ। सहायता समाजिक संस्था नेपालको आयोजना तथा सृजना सामुदायिक वन उपभाेत्ता समितिकाे सहयोगमा सुरु गरिएको तालिममा वडा नं ७ का वडा अध्यक्ष भुवन सिंह आले मगरको प्रमुख आतिथ्यता रहेको थियो।
उद्घाटनको क्रममा बोल्दै उनले तालिममा सिकेका कुरा सबैले व्यवहारमा लागू गर्नु पर्ने बताउदै व्यवसायिक गाई भैंसि पालन तालिमको सफलताको शुभकामना दिएका थिए। कार्यक्रममा सहायता सामाजिक संस्थाकि अध्यक्ष शर्मिला आचार्यको अध्यक्षता रहेको थियो। त्यसैगरी कार्यक्रममा सृजना सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भक्ती प्रसाद सिटौलाको बिशिष्ट आतिथ्यता रहेको थियो। तालिमकाे सहजकर्ता तथा प्रशिक्षक संकल्प एग्राेभेट प्रा.लि.का कार्यकारी निर्देशक सुरेशप्रसाद रेग्मी रहेका छन्।
वडाका ३५ जना कृषकहरूकाे सहभागितामा भएको पहिलाे चरणकाे तालिम २८ गते सम्म सञ्चालन हुने भएको छ।कार्यक्रममा शिव पञ्चायन मन्दिरका अध्यक्ष पोस्ट कुमार श्रेष्ठ, गोठगाउँ विश्वबिद्यालय टोल बिकास संस्थाका अध्यक्ष केशव भट्टराई लगायत अन्य बिशिस्ट व्यक्तिहरूको उपस्थिती रहेको थियो भने उक्त कार्यक्रमकाे सञ्चालन आयाेजक संस्थाकि सचिव लक्ष्मी केसि दाहालले गरेकी थिइन् ।
Post a Comment