Websoft University

दलित उत्थान समिति सुन्दरहरैचाको अध्यक्षमा कुमार मिजार


गणेस लम्साल - बिराटनगर, २३ माघ । दलित उत्थान समन्वय समिति सुन्दरहरैचाको अध्यक्षमा कुमार मिजार चयन भएका छन ।

आइतवार  सम्पन्न साधारण सभाबाट मोरङको सुन्दरहरैचा नगरपालिका दलित उत्थान समन्वय समितिको अध्यक्षमा कुमार मिजार चयन भएका हुन ।

समितिको उपाध्यक्षमा धनराज रसाईली र मदन परियार अनि सचिवमा  माधव शिवा र सहसचिवमा कुमार बयलकोटी र  कोषाध्यक्षमा दिपा विश्वकर्मा चयन भएका छन ।

सुन्दरहरैचा नगरपालिका भित्र रहेका सबै थरका दलित समुदायको हक अधिकारका लागि निर्माण भएको दलित उत्थान समन्वय समितिको पदाधिकारीहरु सहित जम्मा १७ जनाको कार्यसमिति चयन भएको अध्यक्ष कुमार मिजारले बताए ।

साधारण सभाको क्रममा दलित उत्थान समितिको श्रमदान र नगरपालिकाको सहयोगमा  निर्माण भएको  सामुदायिक भवन पनि उदघाटन गरिएको थियो । भवन प्रमुख अतिथि सुन्दरहरैचा नपाका प्रमुख केदारप्रसाद गुरागाँई र विशिष्ट अतिथि पुर्व प्रमुख शिवप्रसाद ढकालले संयुक्त्त रुपमा उदघाटन गरेका थिए ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.