Websoft University

आदिवासी सन्थाल समुदायको संस्था नेपाल सन्थाल आदिवासी उत्थान संघ कमलले आज सोह्ररार्य कार्यक्रम सम्पन्न गरेको छ


मन कुमार गदाल- दमक, माघ २२ गते | पूर्वी नेपालमा वसोवास गर्ने आदिवासी सन्थाल समुदायको संस्था नेपाल सन्थाल आदिवासी उत्थान संघ कमलले आज सोह्ररार्य कार्यक्रम सम्पन्न गरेको छ ।

झापाको कमल स्थित सावित्रा चोक उत्तरको जंगलमा सन्थाल उत्थान संघ कमल गाउँ समितिले सोह्ररार्य पर्व एक कार्यक्रम गरी सम्पन्न गरेको हो । सन्थाल समुदाय बीच आयोजना गरेको तिर हान्ने प्रतियोगिता,थाकलको गुन्द्री बुन्ने प्रतियोगिता र बेलुन फुटाउने प्रतियोगिताको आयोजना गरेको छ । 


सोह्ररार्य कार्यक्रममा कमल गाउँपालिकाको उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले आफनो तर्फवाट प्लस टुमा अध्ययन गरी रहेका ३ सन्थाल छात्रालाई नगद ३० हजार रुपैयाँ  सहयोगमा गरेको सन्थाल संघ कमलको अध्यक्ष नारायण मुर्मुले जानकारी दिनु भएको छ । 

कार्यक्रमका प्रमुख अतिथि कमल गाउँपालिकाको अध्यक्ष हुकुम सिंह राईले आदिवासी समुदाय अन्तरर्गतको सभ्य संस्कृतिको जर्गेना गर्नु पर्ने बताउनु भयो । सन्थाल संस्कृति संरक्षण,यस समुदायको समस्या सामधानका लागि गाउँपालिकाले पहल गर्ने बताउनु भयो । 

कार्यक्रमका विशेष अतिथि गाउँपालिकाको उपाध्यक्ष प्रमिलाले ब्यक्तिगत रुपमा उच्च शिक्षा अध्ययनका लागि सहयोग गर्दै समाज शिक्षित भए मात्र सभ्य समाजको विषय हुने बताउनु भयो । विधार्थीलाई उच्च शिक्षा दिलाउन सन्थाल अभिभावकहरु जागरुक हुनु पर्ने बताउनु भयो ।

 सन्थाल संघको केन्द्रीय महासचिव कुन्दन मुर्मुले सन्थालको १२ वटा थर भएको हुदा थरको आधारमा नागरिकता दिन सरकारलाई माग गर्नु भयो । नागरिकतामा अपहेलित शब्द सतार लेखेमा अवका दिनमा सन्थाल शब्द लेखाउन अनुरोध गर्नु भयो ।

संघकै झापा जिल्ला अध्यक्ष लखन हेमरुम,कमल १ को वडा अध्यक्ष केदार कटुवाल,कमल मर्डी ,विक्रम किस्कु र सामाजिक अगुवा दिपेनवला राई लगायतले सोह्ररार्य पर्वको विषयमा बोल्नु भएको थिया

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.