Websoft University

अब कुनै पनि किशोरीको घाँटीमा पोते होइन शिक्षा आर्जनको टाई लगाएर उच्च शिक्षा पढन पाउने अवसर दिनु पर्ने


मनकुमार गदाल - दमक,फागुन ९ गते |पाणिनी माध्यमिक विधालय दमककी विधार्थी आर्शिका भटराईले अब कुनै पनि किशोरीको घाँटीमा पोते होइन शिक्षा आर्जनको टाई लगाएर उच्च शिक्षा पढन पाउने अवसर दिनु पर्ने बताएकी छिन् ।

पाणिनी मावि दमकको किशोरी सशक्तिकरण समुहले आज दमक ९ स्थित दिप ज्योति चियावगान टोलमा आयोजना गरेको किशोरी सशक्तिकरण कार्यक्रम वाल विवाह रोकथाम तथा न्यूनिकरण सम्वन्धि अभिमुखीकरण कार्यक्रममा बोल्दै समुहकी सदस्य भटराईले पोते र सिउदो रंगाएर किशोरी पारिवारिक बन्धनमा फस्ने भन्दा पनि टाई लगाएर शिक्षा आर्जन गर्न पाउने वातावरण दिनु पर्ने बताएकी हुन् ।२० वर्ष मुनिका ब्यक्तिले गर्ने विवाहलाई वाल विवाह भनेको,यस कार्यलाई कानुनी रुपमा सरकारले रोक लगाएको आर्शिकाको भनाई छ ।  

समुहको अध्यक्ष आयुषा शाहको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रमकी अर्की वक्ता आरती उराउले किशोरी उमेरमा विवाह बन्धनमा छोरा छोरीलाई फसाउने भन्दा पनि अभिभावक र समाजले उच्च शिक्षा अध्ययन तर्फ डोरायाउनु पर्ने बताइन् । छोरीको लागि आमा अभिभावक मात्र नभएर साथी भएको हुदा शैक्षिक उन्नति,अन्य कार्यमा साथी सरहको ब्यवहार पाउनु पर्ने विचार किशोरी सशक्तिकरण समुहकी सदस्य मनिका अधिकारीले राखीन् ।

 दमक नगर पालिकाको सहयोगमा आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै किशोरी सशक्तिकरण समुहकी फोकल पर्सन तथा पाणिनी विधालयकी शिक्षक दुर्गा काफले  खनालले कलिलो उमेरमा भएको विवाहले स्वास्थ्य, शिक्षा, आर्थिक लगायतका धेरै कुराको समस्या आउने बताउनु भयो । 

इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक जीवन गौतमले कार्यक्रममा बोल्दै विवाहको उमेर केटा केटीको लागि २० वर्ष कायम गरेको र२० वर्ष भन्दा पहिला विवाह गरेमा ३ वर्ष कैद र ३०हजार जरिवाना गर्ने फौजदारी संहितामा ब्यवस्था रहेको बताउनु भयो । जो कसैले उजुरी दिएमा वाल विवाह गर्ने,गराउनेलाई कानुनी कारवार्ही हुने किशोरी तथा अभिभावकहरुलाई गौतमले प्रष्ट पार्नु भएको समुहकी सचिव जानुका बुढाथोकीले जानकारी दिइन् । कार्यक्रममा विधार्थीहरु अनुपा कालिकोटे, पवित्रा घिमिरेले वाल विवाह विरुद्धको कविता बाचन गरेका थिए । 

कार्यक्रममा दमक ९का वडा सदस्यहरु नरेश सुनुवार,लक्ष्मी वराल,रिता विश्वकर्मा , विधालय ब्यवस्थापन समिति अध्यक्ष गोपाल तामाङ,प्रधानध्यापक रत्न कुमार श्रेष्ठ , अभिभावकहरु विष्णु भटराई,मनिषा अधिकारी र विधार्थी दुर्गा पौडेलले वाल विवाह रोक्न सामुहिक रुपमा जनचेतना जगाउने पहल प्रयास गर्ने प्रतिवद्धता गरेको फोकल पर्सन तथा शिक्षक काफलेले जानकारी दिनु भयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.