Websoft University

हात्तीपाइले रोग विरुद्धको आम औषधी सेवन अभियानको छलफल


दमक,फागुन २ गते | हात्तीपाइले रोग विरुद्धको आम औषधी सेवन अभियानको छलफल 

दमक नगर पालिकाको स्वास्थ्य शाखाले फागुन ११ गतेदेखि सबै वडामा हात्तीपाइले रोगको विरुद्धको औषधी खुवाउने भएको छ ।

 हात्ती पाइलेको परजीवी नष्ट गर्न आम नागरिकलाई सामुहिक रुपमा आम औषधी सेवन कार्यक्रमको तयारी भइरहेको नगरपालिकाको स्वास्थ्य शाखाले आज जानकारी दिइएको हो । नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको पालिका स्तरीय योजना तर्जुृमा तथा बहुनिकाय गोष्ठीमा सो कुराको जानकारी दिइएको सि.अहेव अधिकृत नगेन्द्र भटराईले बताउनु भयो । 

मोरङ, झापा लगायतका जिल्लामा हात्ती पाइलेको परजीवी नष्ट हुन अझै ४ प्रतिशत वाँकी रहेको छ ।सबैले इमान्दारी पूर्वक हात्ती पाइले विरुद्धको औषधी खाने र खुवाउने गरेमा मात्र परजीवीको नष्ट गर्न सकिन्ने अधिकृत भटराईले बताउनु भयो ।

यसको लक्षण नदेखिने हुदा संक्रमण पछि मानिस अंगभंग भइसकेपछि यसको उपचार नभएको पनि भटराईले बताउनु भयो । कार्यक्रममा स्वास्थ्य शाखाका स्वास्थ्य निरिक्षक बद्री वरालले आम औषधी सेवन अभियान ०७९ को जनप्रतिनिधि ,संघसंस्थाका प्रमुख, शिक्षक , स्वास्थ्यकर्मी लगायतका पक्षसंग छलफल गर्ने कार्ययोजनाको विषयमा चर्चा गर्नु भएको थियो । 

झापाको दमकमा ११ वर्ष सम्म हात्तीपाइले रोग विरुद्धको औषधी खुवाइ रहदा यसको परजिवी नष्ट गर्न नसकिएको विधमान अवस्थामा यसलाई सुन्यमा झार्न सरोकारवाला पक्षलाई आफनो ठाउँवाट सहयोग गर्न नगर उपप्रमुख रेगिना भटराईले अनुरोध गर्नु भयो । 

कार्यक्रममा दमक १ का वडा अध्यक्ष हरि प्रसाद न्यौपाने,दमक ६को वडाअध्यक्ष टेक बहादुर थापा,सरस्वती मावि दमकका पूर्वप्रधानध्यापक दिलिप श्रेष्ठ लगायतले हात्तीपाइले रोग विरुद्धको आम औषधी सेवनलाई कसरी प्रभावकारी बनाउने आदि विषयमा जिज्ञासा राख्नु भएको थियो ।

 हात्तीपाइले रोगको जानकारी ,यसको परजीवी मुक्त हुन के गर्ने ,औषधी सेवन गर्ने र यसले के गर्छ ,हात्तीपाइले रोग विरुद्धको औषधी कसकसले सेवन गर्ने र कस कसले सेवन नगर्ने आदिविषयमाछलफल भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.