Websoft University

समाजमा जागरण ल्याउन गैससको भूमिका महत्वपूर्ण ः मेयर कोइराला


विराटनगर फागुन ३ गते | रातो तारा डट कम, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले समाजमा जागरण ल्याउन गैरसरकारी संस्था (गैसस)हरुले महत्वपूर्ण भूमिका खेलेको बताएका   छन् ।

गैरसकारी संस्था महासंघ मोरङको १८ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मेयर कोइरालाले राज्य नपुगेको क्षेत्रमा पनि गैसस पुगेर कार्य गरेको भन्दै प्रशंसा गरे । उनले महानगर नपुगेको कतिपय क्षेत्रमा पनि गैसस पुगेर कार्य गरिरहेको उनको भनाइ थियो । “राज्य जहाँ पुगेको हुँदैन त्यस ठाउँमा गैससले काम गरेको छ । सरकारले गर्नुपर्ने धेरै कामहरु गैससले गरिरहेको छ,” मेयर कोइरालाले भने, “विराटनगरका पनि कतिपयक्षेत्रमाहामी पुग्न सक्दैनौं । ती क्षेत्रमा गैससपुगेरकाम गरेको छ ।”

कोइरालाले सीमा क्षेत्रमा विशेष गरी मानव बेचविखनविरुद्धको अभियानमा गैससले राम्रो काम गरेको बताए । जसको प्रशंसा केही दिनअघि विराटनगर महानगरमा आएका नेपालका लागि अमेरिकी राजदूतले समेत आफूसितको भेटमा गरेको मेयर कोइरालाले स्मरण गरे । कोइरालाले धैरैजसो गैससहरुले एउटै प्रकृतिको तालिम सञ्चालन गर्ने गरेको बताए । गैससहरुले समन्वय गरेर बेग्लाबेग्लै किसिमकोतालिम दिँदा प्रभावकारी हुने उनको सुझाव थियो ।

जिल्ला समन्वय समिति मोरङकी उपाध्यक्ष उषा झाले गैससहरुले स्थानीय सरकारसित सहकार्य गरेर काम गर्नुपर्नेमा जोड दिइन् । समाजको रुपान्तरणका लागि गैससको भूमिका महत्वपूर्ण रहेको बताउँदै झाले स्थानीय सरकारले गैसससित सहकार्य गरेर काम गर्दा प्रभावकारी हुने विचार राखिन् । मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराई, राष्ट्रिय मानवअधिकार आयोग प्रदेश–१ का प्रमुख पवनकुमार भट्ट, गैसस महासंघकी केन्द्रीय सदस्य सीता शर्मा, प्रदेश अध्यक्ष लखनलाल साहलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

 सो अवसरमा कोषाध्यक्ष सरिता दाहालले आर्थिक प्रतिवेदन र सहसचिव नवराज निरौलाले सांगाठानिक प्रतिवेदन प्रस्तुत गरेका थिए । वार्षिक साधारणसभाले कार्यबाहक अध्यक्षसमेत रहेकी विष्णु शर्मा पन्तलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । साधारणसभापछि गैससले दुई दिने तालिमसमेत सुरु गरेको आयोजक संस्थाकी सचिव सरिता खनाल अधिकारीले जानकारी दिइन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.