Websoft University

उपभोक्ता सचेतनासम्बन्धी प्रशिक्षण सुरु


विराटनगर फागुन ८ गते | उपभोक्ता जागरण अभियान नेपालको आयोजनामा सोमबारदेखि विराटनगरमा उपभोक्ता सचेतनासम्बन्धी प्रशिक्षणमूलक कार्यक्रम सुरु भएको छ ।

विराटनगर महानगरपालिकाको सहयोगमा जागरण नेपालले उपभोक्तालाई जागरुक बनाउने उद्देश्यले प्रशिक्षण सञ्चालन गरिएको आयोजकले जनाएको छ । प्रशिक्षण कार्यक्रमको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले एक समारोहका बीच उद्घाटन गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले राष्ट्रपतिदेखि सामान्य नागरिक पनि उपभोक्ता भएको बताउनुभयो । हरेक उपभोक्ता जागरुक र सचेत हुनु आवश्यक रहेको उहाँको भनाइ थियो । हरेक कुरा राज्यले गरिदिओस् भन्ने सोच गलत भएको मेयर कोइरालाले बताउनुभयो ।

त्यस्तै कार्यक्रममा विराटनगर वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपाने, १५ का प्रकाश साह, १८ का जितेन्द्रकुमार साहले उपभोक्ता जागरणका लागि वडा कार्यालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । जागरण अभियानका मोरङ अध्यक्ष लोचन रिजालको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी चिरञ्जीवी दाहालले सचेतना कार्यक्रमसँगै बजार अनुगमनलाई पनि प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । 

उपभोक्ता जागरण अभियानका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीले वडा नम्बर ६, ११, १५ र १८ नम्बर वडाका जनप्रतिनिधिहरुलाई सहभागी गराएर उपभोक्ता सचेतना र जागरणका विषयमा प्रशिक्षण दिइने जानकारी गराउनुभयो छ।

 

 

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.