Websoft University

प्रतिबन्धित लागुऔषध गाँजा सहित २ जना पक्राउ


झापा, फाल्गुन २ गते । झापाको गौरीगञ्ज गाउँपालिका-३ स्थितबाट लागुऔषध गाँजा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरादह नगरपालिका-८ का २४ बर्षीय बबि राजबंशी र गौरीगंज गाउँपालिका-३ का १९ बर्षीय संजिव रौनियार रहेका छन ।  हिजो दिउँसो इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी गस्ति टोलीले गौरीगञ्ज-३ स्थितबाट संकास्पद अवस्थामा रहेका राजबंशीको साथबाट ७०० मिलिग्राम गाँजा बरामद गरेको थियो । राजबंशी पक्राउ परे संगै सोधपुछको क्रममा गौरीगञ्ज-३ का रौनियारबाट खरिद गरि ल्याएको भनि खुल्न आए संगै रौनियारको घरमा खानतलासी गर्दा १ किलोग्राम ९ सय २० ग्राम गाँजा बरामद भएको हो । प्रतिबन्धित लागुऔषध गाँजा सहित पक्राउ परेका दुवै जनाको इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट थप अनुसन्धान भईरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.