Websoft University

उधोग वाणिज्य संघ दमकको निर्वाचनको लागि सर्युक्त उम्मेदवार घोषण


दमक ,माघ २ गते | दमक उधोग वाणिज्य संघको माघ ६ गते हुने निर्वाचनमा विमल खतिवडा नेतृत्वको सर्युक्त उम्मेदवार घोषण कार्यक्रम गरेको छ ।

नेपाल उधोग तथा ब्यवसायी महासंघ र नेपाल उधोग ब्यापार महासंघ दमक नगर समितिले आज एक कार्यक्रमको आयोजना गरी खतिवडा नेतृत्वको सयुक्त उम्मेदवार घोषण  गरेको हो । नेपाल उधोग तथा ब्यवसायी महासंघका केन्द्रीय सदस्य गणेश बस्नेतले वाणिज्य संघको निर्वाचनको अध्यक्षका उम्मेदवार खतिवडाको प्यानल घोषण गर्नु भयो ।

 नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकट ब्यवसायी संगठनको तर्फवाट अध्यक्षको उम्मेदवार खतिवडा,वरिष्ठ उपाध्यक्ष राजन दंगाल(राजेन्द्र),प्रथम उपाध्यक्ष भरत चौलागाई , द्धितिय उपाध्यक्ष लक्की सिटौला (विन्दु) र तृतीय उपाध्यक्ष असिम राई रहेका छन् । 

यसै गरी सदस्यहरुमा मोहन मगर (मिन),उमेश गजमेर,लोकनाथ सापकोटा,चिरन न्यौपाने , कविता अधिकारी र डम्वर बहादुर खड्का उम्मेद्धवार रहेका छन् । लेखा समिति संयोजक मुकुन्द्र आचार्य रहेको उम्मेद्धवार घोषण गरेको छ । 

प्रकाश अधिकारी संयोजक,याम जी श्रेष्ठ सहसंयोजक र सचिव सुयोग खरेल रहेको सयुक्त निर्वाचन परिचालन मुल समिति गठन गरेको सार्वजानिक गरेको छ । कार्यक्रममा दमक उधोग वाणिज्य संघका निर्वतमान अध्यक्ष राजेन्द्र ढकाल,पूर्व अध्यक्ष घनेन्द्र सुब्बा,संघकै पूर्व उधोग सचिव शंकर बस्नेतले विमल खतिवडाको प्यानललाई सबै एक ढिक्का भएर विजय गराउने प्रतिवद्धता ब्यक्त गर्नु भएको छ ।

 नेपाल उधोग तथा ब्यवसायी महासंघ दमक नगर कमिटीका कार्यवाहक अध्यक्ष दिपक गौतमको अध्यक्षतामा भएको कार्यक्रममा  दमक नगर पालिकाका निर्वतमान नगर प्रमुख रोमनाथ ओली र सामाजिक अगुवा गगन पुरी लगायतले विचार राख्नु भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.