Websoft University

वडास्तरीय योजनाहरुको सम्झौता म्याद माघ मसान्तसम्म थप्ने निर्णय


विराटनगर माघ ३ गते | रातो तारा डट कम, विराटनगर महानगरपालिकाले उपभोक्ता समितिमार्फत योजना सञ्चालनका लागि सम्पूर्ण वडास्तरीय योजनाहरुको म्याद थप गर्ने निर्णय गरेको छ ।

नगर कार्यपालिकाको बैठकले माघ मसान्तसम्म योजनाहरुको म्याद थप गर्ने निर्णय गरेको हो । यसअघि असोज १२ गते बसेको नगर कार्यपालिकाको बैठकले आर्थिक वर्ष २०७९÷०८० को स्वीकृत नीति, कार्यक्रम तथा बजेट पुस १५ गतेभित्र सम्झौता गरिसक्ने निर्णय गरेको थियो । तर, बीचमा चाडपर्वलगायतका कारण तोकिएको समयसीमाभित्र सम्झौता हुन नसकेकाले नगर कार्यपालिकाको बैठकले म्याद थप गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिए । “यसअघि तोकिएको मितिभित्र वडास्तरीय योजनाहरुको सम्झौता हुन नसकेका कारण माघ मसान्तसम्म म्याद थप गर्ने नगर कार्यपालिकाको बैठकले निर्णय गरेको छ,” कोइरालाले भने ।

त्यस्तै बैठकले साना र पुराना सडकहरुको यथास्थितिकै अवस्थामा वडास्तरीय योजनाहरु कार्यान्वयन गर्नेसमेत निर्णय गरेको छ । बजेट तथा कार्यक्रम कार्यान्वयन गर्ने क्रममा महानगरपालिकाले तोकेको सडक मापदण्डभन्दा साना र पुराना सडकहरुमा मापदण्डका कारण कार्यान्वयनमा समस्या उत्पन्न भएको र मापदण्डबमोजिम सडक विस्तार गर्दा स्थानीयको घरजग्गा नै बाँकी नरहने अवस्थासमेत देखिएको हुँदा हाललाई ती सडकहरुको यथास्थितिकै अवस्थामा वडास्तरीय योजना कार्यान्वयन गर्ने निर्णय भएको कोइरालाले जानकारी दिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.