Websoft University

बोक्सेका जेष्ठ नागरिकहरु लाई फाइबरको सिरक बितरण


गाईघाट १ माघ | उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेका जेष्ठ नागरिकहरु लाई फाइबरको सिरक बितरण गरिएको छ । नगरपालिकाको वडा नं १० को आयोजनामा वडाका जेष्ठ नागरिक, एकल महिला र अपांग नागरिकहरुलाई जाडोको बेला न्यानो फाइवरको सिरक वितरण  गरिएको हो । 

६८ बर्ष माथीका ३०५ जेष्ठ नागरिक, ६० बर्ष माथीका ६६ दलित जेष्ठ नागरिक, अपांग भएका ४९ र एकल महिला ११० गरी ५ सय ३० जनालाई न्यानो फाइवरको सिरक वितरण  गरिएको वडा अध्यक्ष किरण पाण्डेले बताए। ।त्रियुगा नगरपालिका प्रमुख वसन्त बस्नेतले अपांग र जेष्ठ नागरिकलाई सिरक वितरण गर्दै जेष्ठ नागरिकलाई नगरपालिकाले सदैव सम्मान र संरक्षण गर्ने बताए ।

वडा अध्यक्ष पाण्डेले जेष्ठ नागरिकको सीप, ज्ञान र अनुभवलाई नयाँ पुस्ताले सिकाइका रुपमा लिनुपर्ने बताए । उनले आगामी बर्षको बजेटबाट जेष्ठ नागरिकहरुले माग गरेको सामागी्र उपलब्ध गराउने जानकारी दिए।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.