Websoft University

प्याब्सन सुन्दरहरैंचा शिक्षामा मात्र नभई सामाजिक कार्यमा पनि सक्रिय

 


शिव भट्टराई-मोरङ पुस २४ गते | निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन ९प्याब्सन० नेपाल सुन्दरहरैंचा नगरसमितीले आफ्नो ३२औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

मोरङको सुन्दरहरैंचा स्थित विराटचोकमा  भएको रक्तदान कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदार प्रसाद गुरागाईंको प्रमुख आतिथ्यता रहेको थियो भने नगर प्याब्सनका अध्यक्ष दिपेन राईको अध्यक्ष्यता रहेको थियो।कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरागाईले पठन पाठन गराउने निजी स्कुलहरुले रगतको अभावमा  मृत्युको मुखमा मानिसको प्राण रक्षाका लागि अत्यावश्यक रगत सङ्कलनको पवित्र कार्य गरेकोमा खुसी व्यक्त गर्दै प्रशंसा गरेका थिए भने आगामी दिनमा प्याब्सन सँग सहकार्य गर्न सुन्दरहरैंचा नगरपालिका प्रतिबद्ध रहेको बताएका छन्।

आईतबार नगर प्याब्सनका सचिव टिका पराजुलीद्वारा सञ्चालन गरिएको कार्यक्रममा प्याब्सन प्रदेश नं १ का अध्यक्ष टीकाराम ढकाल, प्याब्सन केन्द्रीय सचिव हेमन्त कार्की, सल्लाहकार हरिश्चन्द्र ढकाल लगायत उपस्थित विशिष्ठ व्यक्तिहरूले प्याब्सन शिक्षामा मात्र नभई सामाजिक कार्यमा समेत सक्रिय रहेको बताएका छन्।

नेपाल रेडक्रस सोसाइटी विराटनगरको प्राविधिक सहयोगमा गरिएको रक्तदान कार्यक्रममा ५० प्रिन्ट रगत संकलन भएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.