Websoft University

दमक ६ स्थित नमुना मार्गको पसलमा भएको आगलागी मुख्स्मुख्य मन्त्रीले गरे निरिक्षण

 


मनकुमार गदाल -दमक ,माघ १ गते |  प्रदेश न.१ का मुख्य मन्त्री हिक्मत कार्कीले दमक ६ स्थित नमुना मार्गको पसलमा भएको आगलागी स्थलगत निरिक्षणपछि अग्नी पिडितलाई क्षतिपुर्ति दिलाउनका लागि पहल गर्ने बताउनु भएको छ ।  

माघ १ गते बिहानको राती नमुना मार्गको पसलमा भएको आगलागीको मुख्य मन्त्री कार्कीले आज साँझ स्थलगत निरिक्षणपछि अग्नी पिडित ६जना पसलेलाई भेटेर क्षतिपुर्ति दिलाउन पहल गर्ने बताउनु भएको हो । पसलमा आगो लगाएको आरोपमा पक्राउ परेका २ जनालाई अनुसन्धान गरी तत्काल यर्थात कुरा वाहिर ल्याउन र दोषीलाई कारवार्हीको प्रक्रया अघि बढाउन इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएपी दिलिप गिरीलाई मुख्य मन्त्री कार्कीले निर्देशन दिनु भयो ।

 आगलागी स्थलको  निरिक्षणका क्रममा दमक नगर पालिकाका नगर प्रमुख राम थापाले घटनाको विषयमा जानकारी गराउनु भएको थियो । पिडित ब्यवसायीहरुको पिडा, समस्याहरु मुख्य मन्त्री कार्कीलाई नेपाल उधोग ब्यवसायी महासंघका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज राजकुमार श्रेष्ठले राख्नु भएको थियो । नमुना मार्गको जुत्ता चप्पल, ढाका, रेडिमेट, कस्मेटिकका ६ पसल आज बिहान २ वजेर ४५ मिनेटमा आग लागीमा जलेर नष्ट भएको ब्यवसायीको नेता श्रेष्ठले जानकारी दिनु भएको छ  ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.