Websoft University

निःशुल्क सिलाई कटाई तालिम सुरु भएको छ ।


विराटनगर  |  विराटनगर महानगरपालिका वडा नम्बर ११ को आयोजनामा वडाका महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यसहित सोमबारदेखि तीनमहिने तालिम सुरु भएको हो ।

तालिमको विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले उद्घाटन गरिन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपमेयर कार्कीले सिलाई कटाई जीवनोपयोगी सीप भएको चर्चा गरे । उनले सिलाई कटाई सिकेपछि आफ्नो र घरको लुगासमेत आफैंले सिलाउन सकिने बताइन् । उपमेयर कार्कीले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गरिन् ।

विराटनगर–११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपानेले महानगरले लगानी गरेर निःशुल्क सीप सिकाउन लागेको बताए । उनले महानगरले गरेको लगानीको प्रतिफल दिने गरी सीप सिक्न प्रशिक्षार्थीहरुलाई आग्रह गरे ।

उनले सिप सिकेर  आत्मनिर्भर हुन सकिने उल्लेख गरे । कार्यक्रममा वडा सदस्य गायत्री थापा, गेनादेवी पासवान, वडासचिव सरस्वती ढकाल, प्रशिक्षक उमा बराललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । आगामी वैशाख २ गतेसम्म सञ्चालन हुने तालिममा २४ जना प्रशिक्षार्थी सहभागी भएका छन् ।  

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.