Websoft University

विराटनगरभित्र रहेका सबै भाषा र संस्कृतिको महानगरले संरक्षणले गर्छ - मेयर


विराटनगर माघ ८ गते | विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले महानगर क्षेत्रभित्रका सबै भाषा र संस्कृतिको संरक्षणमा लागिपर्ने प्रतिबद्धता जनाएका छन् ।

सोनाम ल्होसार पर्वका अवसरमा नेपाल तामाङ घेदुङ नगर समिति विराटनगरले आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले विराटनगरभित्र रहेका सबै जातजातिका भाषा र संस्कृतिको संरक्षण र सम्वद्र्धनमा महानगरपालिका लागिपर्ने प्रतिबद्धता जनाएका हुन् । उनले मिश्रित जाति र धर्म समुदायको बसोबास भएका कारण विराटनगर संस्कृतिमा धनी रहेको उल्लेख गरे । मेयर कोइरालाल सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक विविधताले सम्पन्न नेपालमा रहेका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जातजातिको आ–आफ्ना विशिष्ट संस्कति र परम्परा रहेको उल्लेख गरे ।

 “सदैव एकले अर्काको धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान र आदर गर्ने हाम्रो आफ्नै विशिष्ट पहिचान पनि रहेको छ” मेयर कोइरालाले भने, “यस्ता पर्वले नेपालीबीचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माण गर्नका लागि अघि बढ्न ऊर्जा मिल्छ भन्ने मेरो विश्वास छ ।”

कोइरालाले भाषा र संस्कृतिको पुस्तान्तरण जरुरी रहेको उल्लेख गरे । पछिल्लो समय तराईमा मनाइने छठ पहाडमा समेत मनाउन थालिएको चर्चा गर्दै मेयर कोइरालाले संस्कृतिको फैलावट हुँदै गएको बताए । कार्यक्रममा तामाङ समुदायबाट खेलकुदलगायत विभिन्न क्षेत्रमा योगदान पु¥याउने युकेश योञ्जन, लाक्पा मुक्तान तामाङ, कुमारी तामाङ र श्रेया योञ्जनलाई सम्मान गरिएको थियो । 

नगर समिति अध्यक्ष विष्णुकुमारी तामाङको अध्यक्षतामा भएको कार्यक्रममा तामाङ खेदुङ समिति प्रदेश–१ का अध्यक्ष रेखबहादुर घिसिङ, विराटनगर समितिका पूर्वअध्यक्ष ध्रुव तामाङ, कृष्ण तामाङ, किरात राई याख्या चुम्वा नगर समिति अध्यक्ष नारायण याक्सो, साहित्यकार शोभा लामा बललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा कलाकारहरुले विभिन्न नृत्य प्रस्तुत गरेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.