Websoft University

पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम


बिराटनगर, २०७९ माघ ५ गते । रातो तारा डट कम,१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 


आज अपरान्ह एक बिशेष कार्यक्रमको आयोजना गरी १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक श्याम लाल ज्ञवालीले पत्रकारहरु सगं भेटघाट तथा अन्तरक्रिया गर्नु भएको हो ।


 भेटघाट कार्यक्रममा  ज्ञवालीले १ नम्बर प्रदेशमा शान्ति सुरक्षाको अवस्था सुदृढ बनाउनुका साथै अपराध नियन्त्रण, घटित अपराधको सफल अनुसन्धान, पेन्डिङ मुद्दाको  फर्छौड, फरार प्रतिवादीहरुलाई पक्राउ गरी कानुनि दायरामा ल्याउनु साथै लागुऔध नियन्त्रणको लागि अभियान संचालन गरिने कुरा बताउनु भयो ।


 कार्यक्रममा संचारकर्मीहरुबाट उठेका बिविध जिज्ञासाहरुको बारेमा समेत प्रदेश प्रहरी प्रमुख ज्ञावलीले प्रस्ट  पार्नु भएको थियो । १ नम्बर प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको भेटघाट कार्यक्रममा  १ नम्वर प्रदेशका बिभिन्न संचार माध्यममा आवद्ध संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.