Websoft University

अर्थमन्त्री सहित सरकारका उच्च पदस्थ कर्मचारीहरु समक्ष-समस्या निकारणकालागि आग्रह


बिराटनगर २०७९ पुस २८ गते | बिहीबार मोरंग व्यापार संघका अध्यक्ष श्री नवीन रिजालज्यू, नेपाल उद्योग परिसंघ प्रदेश नं. १ का अध्यक्ष श्री भीम घिमिरेज्यू लगायतले अर्थमन्त्री माननीय विष्णु प्रसाद पौडेलज्यू, अर्थ सचिव श्री तोयम रायाज्यू, राजस्व सचिव श्री डा. रामप्रसाद घिमिरेज्यू, पर्यटन सचिव श्री सुरेश अधिकारीज्यू लगायत नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुसँग भेटघाट गरी चर्को बैंक व्याजदर, प्रतिकूल बैंकिङ नीति, लोडसेडिङ्ग, आयात तथा भन्सार सम्बन्धि जटिलताहरु लगायत उद्योगी व्यवसायीहरुका विद्यमान विभिन्न समस्याहरु बारे अवगत गराई समाधानका लागि आग्रह गरेको थियो ।

 भेटघाटका क्रममा मोरंग व्यापार संघका अध्यक्ष श्री नवीन रिजालज्यूले विद्यमान चर्को बैंक व्याजदर, प्रतिकूल बैंकिङ नीति र समसामयिक समस्याहरु तत्कालै निराकरण गरिदिनु पुनः पहल गर्नुका साथै भारत सरकारले नेपाललाई ५०,००० मेट्रिक टन गहुँको कोटा निर्धारण गरेता पनि नेपाल सरकारले नेपाली उद्योगीहरुलाई सो कोटा बाँडफाँड गर्न नसकेको हुँदा गहुँमा आश्रित नेपाली उद्योगहरु प्रभावित भई बन्द हुने अवस्थामा रहेको बारे अवगत गराउनु भई सो कोटा बाँडफाँडका सम्बन्धमा तत्कालै आवश्यक कदम चाल्न आग्रह गर्नु भएको थियो ।

 सो क्रममा अर्थसचिवज्यूले नेपाली उद्योगहरुलाई गहुँको कोटा निर्धारण गर्ने कार्यलाई शिघ्रताका साथ अघि बढाइने आश्वासन दिनु भएको थियो भने चर्को बैंक व्याजदर तथा बैकिङ नीति सम्बन्धि समस्याहरु निराकरणकालागि आवश्यक कार्यहरु अघि बढिरहेको जानकारी गराउनु भएको थियो ।

 भेटघाटका क्रममा मोरंग व्यापार संघका अध्यक्ष श्री नवीन रिजालज्यू, नेपाल उद्योग परिसंघ प्रदेश नं. १ का अध्यक्ष श्री भीम घिमिरेज्यू सहित परिसंघका सदस्यहरु श्रीमती गिरिजा सारडाज्यू र श्री राजेन्द्र राठीज्यूको उपस्थिति रहेको थियो ।

 

२०७९ पौष २८ गते, बिहीबार ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.