Websoft University

निःशुल्क स्वास्थ्य शिविर


मोहन कुमार राई ÷पौष ३ गते | संखुवासभा, चैनपुर नगरपालिका स्थित पोखरीमा निःशुल्क स्वास्थ्य सिविर सम्पन्न भएको छ ।

शारदा मावि पोखरीमा शुक्रबार चैनपुर आयुर्वेद औषधालयद्वारा निःशुल्क स्वास्थ चेकजाचका साथै निःशुल्क औषधी वितरण गरिएको आयुर्वेद शाखाका प्रमुख कविराज निरीक्षक दिनेश प्रसाद रायले जानकारी दिनुभयो । शिविरमा हार्डजोर्नी दुखाई, ग्यास्टीक, पेट, स्वास्प्रश्वास सम्बन्धी समस्या लगायतको चेकजाचका साथै निःशुल्क औषधी वितरण गरिएको प्रमुख रायले वताउनुभयो थियो ।

यसैगरी टच हेल्पिङ्ग हेडण्डस् चैनपुरद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको  सिद्धकाली स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी सुनिता गुरुङले वताउनुभयो । शिविरमा आँखा, ढाड, कमर सम्बन्धी निःशुल्क स्वास्थ्य चेक जाचका साथैै चस्मा र औषधी पाएका थिए । शिविरमा १सय ३७ महिला र ७८ पुरुष गरी जम्मा २ सय १५ जना विरामीहरुले स्वास्थ्य सेवा पाएका थिए । ९० वर्षिय नैनदन सुवेदी निःशुल्क स्वास्थ्य सेवा पाउँदा निकै खुशी देखिन्थे ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.