Websoft University

सांसद शर्माले भागवत गिता छोएर खाए भ्रष्टाचार नगर्ने सपथ


काठमाडौं, ७ पुस । मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले आज संसद भवनमा सपथ ग्रहणका क्रममा भागवत गिता छोएर भ्रष्टाचार नगर्ने अठोट गरेका छन् । सांसदहरुको सपथ ग्रहणका क्रममा डा.शर्माले पद तथा गोपनीयताको सपथसँगै भ्रष्टाचार नगर्ने अठोट पनि गरेका हुन् ।

​चुनावी अभियानका क्रममा उनले भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु सरह हुने भन्दै भ्रष्टाचार नगर्ने उद्घोष गरेका थिए । सोही अनरुप उनी कसम खानका लागि भागवत गिता बोकेरै संघीय संसद भवन नयाँ बानेश्वर पुगेका थिए । शर्मासहित सबै निर्वाचित सांसदहरुलाई ज्येष्ठ सदस्य राप्रपाका सांसद पशुपतिशमशेर जबराले सपथ ग्रहण गराएका हुन् । सोही क्रममा सांसद शर्माले भागवत गिता छोएर भ्रष्टाचार नगर्ने कसम पनि खाएका हुन् । भागवत गिता साँक्षी राखेर खाएको कसम साचो हुने धार्मिक मान्यता छ । भागवत गितामा कृष्णले अर्जुनलाई सत्यको पक्षमा लाग्न र असत्य, अन्याय, अत्याचारको विरुद्धमा लड्न शिक्षा दिएको हुँनाले सोही मार्ग पछ्याउँदै आफुले पनि भागवत गितालाई साँक्षी राखेर कसम खाएको सांसद शर्माको भनाई छ ।

​पछिल्लो समय नेपाली राजनीतिमा झुट र भ्रष्टाचार मैलाएकाले सत्य र भ्रष्टाचाररहित राजनीतिलाई प्रश्रयदिन भागवत गीता छोएर भ्रष्टाचार नगर्ने कसम खाएको सांसद शर्मा बताउँछन् । ‘अहिले नेपाली राजनीतिमा झुट र भ्रष्टाचार मैलाउँदै गएको छ । म सत्य र भ्रष्टाचाररहित राजनीति गर्नुपर्छ भन्ने मान्यता राख्छु,’ डा.शर्मा भन्छन्, ‘मैले संसद भवनमै गीता छोएर कसम खाएको छु, म कुनैपनि हालतमा भ्रष्टाचार गर्दिन ।’

​समाजसेवी व्यक्तिको पहिचान बनाइसकेका डा.शर्माले राजनीतिलाई कमाई गर्ने थलोको रुपमा नभई जनताको सेवा गर्ने क्षेत्रका रुपमा स्थापित गर्नुपर्ने बताउँदै आएका छन् । उनले यसअघि नै सांसदको तलब भक्ता नलिई जनताको सेवा गर्ने घोषणा समेत गरिसकेका छन् । पूर्वमन्त्रीसमेत रहेका एमाले उम्मेद्वार भानुभक्त ढकाललाई २२ हजार ७ सय ३६ मतान्तरले हराउँदै डा.शर्मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका      हुन् । कांग्रेस उम्मेद्वारहरुमध्ये सबैभन्दा बढी मतान्तरले बिजयी भएर डा.शर्माले पार्टीभित्र नयाँ रेकर्ड पनि कायम गरेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.