Websoft University

एन प्याब्सनको आयोजनामा भएको नृत्य प्रतियोगितामा हिमाली इङ्लिस स्कुल प्रथम


मोरङ | एन प्याब्सनको आयोजनामा भएको नृत्य प्रतियोगितामा हिमाली इङ्लिस स्कुल प्रथम,राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (एन प्याब्सन) सुन्दरहरैंचा र बेलबारीको आयोजनामा भएको लोक तथा राष्ट्रिय नृत्य प्रतियोगिताअन्तर्गत आज भएको प्रतियोगितामा सुन्दरहरैंचाका विद्यालयतर्फ हिमाली सेकेण्डरी स्कुल विराटचोक पहिलो भएको छ ।

प्रतियोगितामा सुन्दरवाटिका एकेडेमी गोठगाउँ दोस्रो, रेसनल एकेडेमी सलकपुर तेस्रो भएका छन् । सगरमाथा हिमाल दर्शन स्कुल बेलगाछी र कालीदेवी इङ्लिस स्कुल विराटचोकले सान्त्वना स्थान हात पारेका छन् ।

बेलबारीका विद्यालयबीच भएको प्रतियोगितामा सिनियरतर्फ गुरुकुल पाठशाला पहिलो, डेल्टा इङ्लिस स्कुल दोस्रो र मोरङ ज्ञानोदय तेस्रो भएका छन्।जुनियरतर्फ मोरङ ज्ञानोदय पहिलो, गुरुकुल पाठशाला दोस्रो, डेल्टा इङ्लिस स्कुल तेस्रो र मोरङ चिनारीले सान्त्वना पुरस्कार हात पारेका छन् ।प्रतियोगितामा विजयी विद्यालयलाई ट्रफी र प्रमाणपत्र तथा सहभागी विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँले प्रतियोगिताको उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै उनले साना भाइबहिनीले पनि उत्कृष्ट कलाकारले जस्तै नृत्य गरेको बताए ।

‘नेपाली समाज कस्तो छ भनेर नृत्यले देखाएको छ’, उनले भने, ‘कक्षा कोठामा सामाजिक विषयका शिक्षकले यही विषय बुझाउन कति मिहिनेत गर्नुपथ्र्याे । तर नृत्यमार्फत् कति सजिलै बुझाइएको छ ।’ समाजमा अन्योन्याश्रित सम्बन्ध राख्न यस्ता प्रतियोगिताले सहयोग पुग्ने उनले बताए ।

कार्यक्रममा एन प्याब्सन विराटनगरका अध्यक्ष पराग ढुङ्गाना, एन प्याब्सनका जिल्ला सदस्य दीपेन्द्र खुलाल, एन प्याब्सनका प्रदेश उपाध्यक्ष सुनिलदत्त अधिकारीलगायतले आफ्नो धारणा राखेका थिए ।

एन प्याब्सन सुन्दरहरैंचाका अध्यक्ष महेन्द्र राईको अध्यक्षतामा भएको कार्यक्रममा एन प्याब्सन बेलबारीका अध्यक्ष कुमार खुलालले स्वागत मन्तव्य व्यक्त गरेका थिए । एन प्याब्सन सुन्दरहरैंचाका सचिव विनोद फुयालले सञ्चालन गरेको प्रतियोगितामा प्रेम सुनार र आनन्द बस्नेत निर्णायक रहेका थिए ।

सुन्दरहरैंचा, बेलबारी जुनियर र बेलबारी सिनियर गरेर ३ विधामा नृत्य प्रतियोगिता सञ्चालन गरिएको थियो । सुन्दरहरैंचाका ७ वटा विद्यालय तथा बेलबारी जुनियरतर्फ ४ र सिनियरतर्फ ३ विद्यालयले प्रतियोगितामा भाग लिएका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.