Websoft University

हुलाकी सडक निर्माणका लागि मेयर कोइरालाको दबाब


विराटनगर पुस १ गते | रातो तारा डट कम, विराटनगर–५ स्थित जामुनेश्वरदेखि केशलिया पुलसम्मको हुलाकी सडक निर्माणका लागि विराटनगर महानगरका मेयर नागेश कोइरालाले दबाब दिनु भएको छ ।

स्थानीयवासीसँगै हुलाकी सडक कार्यालय इटहरी पुगेर मेयर कोइरालाले तत्काल सडक निर्माण गर्न दबाब दिनु भएको हो । उहाँले स्थानीयको समस्या सम्बोधन गर्नु आफूहरुको दायित्व भएकाले हुलाकी सडक निर्माणका लागि दबाब दिन आफैं उपस्थिति भएको जानकारी दिनुभयो । मेयर कोइरालाकै अग्रसरमा जिल्ला प्रशासन कार्यालय, ठेकेदार र हुलाकी सडक कार्यालयका प्रतिनिधिसित पटकपटक छलफल गर्दा पनि सडक निर्माणले गति लिन सकेको छैन ।

ठेकेदार सम्पर्कविहीन भएका कारण सडक निर्माण हुन नसकेको हुलाकी सडक कार्यालयले जनाएको छ । ठेकेदारलाई सम्पर्कका लागि ७ दिने सूचनासमेत प्रकाशित गरिसकेको कार्यालयले बताएको छ । हुलाकी सडक कार्यालयले निर्माण गर्न नसके महानगर आफैंले सो सडक बनाउने मेयर कोइरालाले बताउनुभयो । हुलाकी सडक कार्यालयअन्तर्गत पर्ने भएकाले सो सडक बनाउन नसकिएको उहाँले बताउनुभयो । 

“हामी बनाउन सक्दैनौं तपाईंहरु नै बनाउनुहोस् भनेर कि त लेखेर दिनुहोस् नत्र छिटो बनाउनुहोस्,” कार्यालयका प्रमुखलाई दबाब दिँदै मेयर कोइरालाले भन्नुभयो, “पटक–पटक तपाईंहरुले ढाँटेका कारण बाध्य भएर कार्यालयमै आउनु परेको हो । म विराटनगरवासीको अभिभावक पनि हो, उहाँले धेरै नै दुःख पाउनुभयो । त्यही भएर पनि म आफैं आएको हुँ । फेरि पनि आउनुपर्ने अवस्था आए स्थानीय सडकपीडितले तालाबन्दी गर्ने गरी आउँछौं ।”

हुलाकी कार्यालयले ठेकेदारको खोजी भइरहेको र कारबाहीको प्रक्रिया अगाडि बढिसकेको बताएको छ । ठेक्का रद्द गर्ने प्रक्रियामा गइसकेको कार्यालयले प्रस्टीकरण दिएको छ । मेयरसँगै जामुनगाछी क्षेत्रका स्थानीय हुलाकी कार्यालय इटहरी पुगेका थिए । सडक नबन्दा वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.