Websoft University

जय हुमागाई स्मृति गोल्ड कप फुटवल प्रतियोगिताको आजको खेल शान्तिनगर फुटवल क्लवले जितेको छ

 


दमक पुस ७ गते | झापाको दमक ३ स्थित वेलडाँगी शिविरमा भइरहेको प्रथम अन्तराष्ट्रिय आमन्त्रण जय हुमागाई स्मृति गोल्ड कप फुटवल प्रतियोगिताको आजको खेल शान्तिनगर फुटवल क्लवले जितेको छ । 

दमक ३ स्थित वेलडाँगीको भुटानी शरणर्थी शिविरको खेल मैदानमा भएको प्रतियोगिताको खेलमा मोरङ्गको पथरी शनिश्चरे (पुर्नवास) को टिमलाई टाइबे्रकरमा पाखा लगाउदै शान्ति नगरले जित पक्का गरेको   हो । निर्धारित ६० मिनेटको खेलमा गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाईब्करवाट गरिएको थियो । 

टाईब्रेकरमा पथरी शनिश्चरेलाई ३–२ गोलले पराजित गर्दै शान्तिनगर सुनसरीले विजय भएको आयोजकको खेल संयोजक टिकाराम कालिकोटेले जानकारी दिनु भयो । खेल अवधि भर दुवै टिमले प्रतियोगितामा पाएको उत्कृष्ट अवसरलाई सदुपयोग गर्न सकेनन । 

खेलको म्यानअफ दी म्याच शान्तिनगर टिमका गोल किपर प्रविजय गच्छदार घोषित भए । उहाँलाई नगद ५ हजार मेडल कार्यक्रमका प्रमुख अतिथि दमक ३ का वडा अध्यक्ष नविन बरालले प्रदान गर्नु भयो । 

प्रतियोगिता अन्तर्गत भोलीको खेल स्थानिय बी वाई सी बेलडाँगी झापा र रुक्यामरुनको एभेनियर फुटबल क्लव बीच हुने आयोजक जय हुमगाई फाउण्डेशनका अध्यक्ष शिव हुमागाईले जानकारी दिनुभयो । प्रतियोगिताको उपाधि  विजेताले ५ लाख नगद ,उपविजेताले ३ लाख पाउने ,प्रथम, दोस्रो हुने टिमलाई कप मेडल र ट्रफी प्रदान गरिने छ । 

प्रतियोगितामा विभिन्न ८ टिम सहभागी हुने खेलको फाइनल पुस १३ गते हुने जय हुमगाई फाउण्डेशनले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.