Websoft University

लागु औषध सहित ३ युवा पक्राउ

 


गाईघाट ७ पौष | लागु औषध सहित ३ युवा पक्राऊ परेका छन् । लहान देखी गाईघाट तर्फ आउदै गरेको प्र २–०१–००४ प ०७८१ नम्वरको मोटरसाइकलमा सवार त्रियुगा नगरपालिका –६ का ३२ वर्षिय रजनिकान्त चौधरी र २३ वर्षका भविन्द्र मगर लाई वुधवार साझ प्रहरीले लागु औषध सहित पक्राऊ गरेको हो । 

उनीहरु दुवै जनाले लुकाएर ल्याएको डाइजेपाम २१ एम्पुल , फेनरगन २१ र वुप्रीवोरफिन २१ एम्पुल , गरी ६३ एम्पुल लागु औषध वरामद गरीएको प्रहरीले जनाएको छ । लागु औषध सहित पक्राऊ परेका युवाहरुको वयानको आधारमा प्रहरीले लागु औषध कारोवारी त्रियुगा न .पा. ६ जलजलेका २१ वर्षिय प्रकाश राई लाई समेत पक्राऊ गरेको छ ।

 राईको घर खानतलासी वाट प्रहरीले डाइजेलाव १८, फेनरगन १८, र वुप्रिवोरफिन १८ एम्पुल गरी ५४एम्पुल लागु औषध वरामद गरेको छ । वरामद लागु औषध सहित उनीहरु तिनै जना लाई जिल्ला अदालत उदयपुर वाट विहीवार म्याद लिई थप अनुसन्धान सुरु गरीएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपि राकेश कुमार पोदारले वताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.