Websoft University

उदयपुरमा २०२२ मा जिल्लामा १३ जना वालिका वलात्कृत भएकोउल्लेख

 


गाईघाट १ पौष | रातो तारा डट कम,उदयपुरमा एक वर्षको अवधिमा १३ जना वालिका वलात्कृत भएको एक तथ्याङले देखाएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र उदयपुरले सार्वजनिक गरेको तथ्याङमा सन् २०२२ मा जिल्लामा १३ जना वालिका वलात्कृत भएकोउल्लेख गरेकोछ । 

वालिकाको अलावा एक महिला समेत वलात्कार भएको रिपोर्टमा उल्लेख छ । यो संगै वलात्कारको घटना वर्ष भरी १४ वटा भएको जनाईएको छ । त्यसै गरी घरेलु हिंसा ४,हत्या .८, कुटपिट १,वहुविवाह ५,महिला र वाल यौन दुव्र्यवहार ३ र हत्या प्रयास २ वटा भएको तथ्याङ इन्सेक उदयपुरले विहिवार सावर्जनिक गरेको हो ।

 “अघिल्लो वर्ष भन्दा यो वर्ष वलात्कारको घटना वढेको छ । ” इन्सेक उदयपुरका प्रतिनिधि राकेश नेपालीले भने ।  वलात्कृतको उमेर ४ वर्ष देखी १८ वर्षका रहेको उनले वताए । उनीहरु (पिडित) आफन्त , नजिकका नातेदार र छरछिमेक वाट वलात्कृत भएको समेत उनले वताए । 

इन्सेक द्धारा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकासन पुर्व आयोजना गरिएको वार्षिक समिक्षा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले वलात्कारको घटना न्युनीकरणको लागी समुदाय स्तर वाटै उपनाउनु पर्ने सचेतना वारे सुझाव प्रस्तुत गरेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.