Websoft University

रक्तदान कार्यक्रम गर्दै जिवन ज्योति महिला साना किसान कृषि सहकारी संस्थाले मनायो सहकारी स्थापना दिवस


 शिव भट्टराई,मोरङ | जिवन ज्योति महिला साना किसान कृषि सहकारी संस्था उर्लाबारीको ७ औं सहकारी स्थापना दिवस रक्तदान कार्यक्रम गर्दै सम्पन्न भएको छ। मोरङको उर्लाबारी ९ दुर्गापुरी स्थित जिवन ज्योति महिला साना किसान कृषि सहकारी संस्थाले आफ्नो ७ औं सहकारी स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। उर्लाबारी नगरपालिका वार्ड नं ९ का वडा अध्यक्ष नर बहादुर मुक्तानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाकी अध्यक्ष कोपिला खनाल पौडेलको अध्यक्षता रहेको थियो। 

संस्था कै सभाहलमा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि मोक्तानले सहकारीले आफ्नो छुट्टै पहिचान राख्नको लागी स्वास्थ्य क्षेत्रमा रक्तदान कार्यक्रम गरेकोमा खुसी व्यक्त गर्दै सहकारीको गतिविधि अगाडि बढाउन आफ्नो व्यक्तिगत साथै वार्ड कार्यालयको तर्फबाट गर्नु पर्ने सहयोग गर्न तयार रहेको बताएका छन्।


रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाका प्रमुख शिदार्थ दाहाल, राजघाट प्रहरी चौकी प्रमुख ध्रुवराज सेडाई, जिल्ला कृषि सहकारी संघ मोरङका अध्यक्ष रवीन्द्र आचार्य लगायत अन्य सामाजिक, राजनीतिक साथै सहकारीकर्मीहरुको उपस्थिति रहेको थियो।शुक्रबार सम्पन्न  रक्तदान कार्यक्रममा ३३ प्रिन्ट रगत सङ्कलन गरिएको र आगामी दिनमा पनि संस्थाले सेयर सदस्यहरुलाई मात्र नभएर समाज सेवाको कार्यक्रमहरु पनि आयोजना गर्ने संस्थाकी प्रबन्धक भागीरथा विष्टले बताएकी छिन्।उक्त रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाको प्राविधिक सहयोग रहेको थियो भने रक्तदान कार्यक्रममा सहभागीहरूलाई फूलको बिरुवा दिएर प्रशंसा गरिएको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.